रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

लहानः सिरहामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको सारस्वर–२ का २५ वर्षीय ब्रह्मदेव साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा बिहीबार बिहान स ६ प ७३६८ नम्बरको मोटरसाइकल धनगढी नगरपालिका–११ मा सडक छेउमा रोकिराखेको ना ३ ख ५७५३ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक साहको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। साहको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमास्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.