पाँच हजार कर्मचारीले सम्पत्ति विवरण लुकाए

 पाँच हजार कर्मचारीले सम्पत्ति विवरण लुकाए

काठमाडौँ: यस आवमा चार हजार आठ सय ४८ निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको खुलासा भएको छ ।

निजामती किताब खानामा चार हजार आठ सय ४८ निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार ८२ हजार चार सय २१ निजामती कर्मचारीमध्ये ७७ हजार ५७३ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छन् । पाँच सय २५ यस आवमा अवकाश भएका कर्मचारी पनि सम्पत्ति विवरण बुझाएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०४९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनु व्यवस्थाअनुसार अनिवार्य रुपमा आव सुरु भएको ६० दिनभित्र कर्मचारीले निजामती किताब खानामा सम्पत्ति विवरण बुझाउनुपर्ने छ ।

निर्देशक पराजुली सम्पत्ति विवरण बुझाउने कर्मचारीको सङ्ख्या बढ्ने जानकारी गराए ।
गत वर्ष छ हजार पाँच सय ५० निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन् । निर्देशक पराजुलीले सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामवली राष्ट्रिय सतर्कता केन्द्रमा पठाइने जानकारी दिए ।

सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

 किताब खानाले साउन १ देखि भदौ २८ सम्म निजामती सेवा, संसद् सेवा र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई अनिवार्य सम्पत्ति विवरण बुझाउन भनेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.