दाइजो नल्याएको भन्दै बुहारीको हत्या गर्ने सासु जेल चलान

दाइजो नल्याएको भन्दै बुहारीको हत्या गर्ने सासु जेल चलान

राजविराजः दाइजो नल्याएको झोकमा बुहारीको हत्या गर्ने सप्तरीको बोदे बर्साइन–६ की मदिना भनिने सबिरन खातुनलार्इ पक्राउ गरी जेल चलान गरिएको छ।

सप्तरी जिल्ला अदालतको फैसलाअनुसार उनलाई बुधबार तीन वर्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको तहसिलदार किरण कुमार सिंहले जानकारी दिए। तत्कालीन जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलाशले ०७१ चैत १९ गते सबिरन र उनका पति ६० वर्षीय गफुर मियाँलाई जनही तीन वर्ष तथा छोरी १५ वर्षीया ऐसा खातुनलाई ६ महिना कैद सजायको फैसला गरेको थियो।

घटनापछि हालसम्म फरार रहेका मृतकका पति ३० वर्षीय मुर्तुजा भनिने दरगु मियाँको हकमा मुद्दा मुल्तबी राखिएको अदालतले जनाएको छ। सामाजिक परम्पराअनुसार २०६२ सालमा विवाहित फतमाको एक छोरा र एक छोरी छन्। माइतबाट एक लाख रुपैयाँ ल्याउन सबिरनले अस्विकार गरेपछि दरगुले घाँटीमा सलले बाँधेर ०७० साउन ३० गते उनको हत्या गरेका थिए। घटनालगत्तैदेखि दरगु फरार छन् ।

तत्कालीन प्रहरी निरीक्षक जितेन्द्र भट्टराईका अनुसार आँखा अगाडि नै बुवाले आमाको हत्या गरेको दृश्यले आतंकित नाबालक छोराछोरीकै वयानका आधारमा आरोपितहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई कारवाही प्रकृया अगाडि बढाइएको थियो। हत्या आरोपमा ०७० साउन ३० गते राति पक्राउ परेका मृतकका ससुरा गफुर ०७० भदौ ३० गते ४५ हजार धरौटी राखी तारेखमा रिहा भएपछि फरार छन् भने अदालतमा हाजिर भएकी ऐसा ०७० पुस १ गते पाँच हजार धरौटी राखी तारेखमा रिहा भएपछि फरार छिन्।

सविरन भने ०७० पुस ४ गते ४० हजार धरौटी राखी तारेखमा छुटेपछि फरार थिइन्। हत्याको तीन वर्ष पछि पक्राउ परेकी उनी तीन वर्षका लागि राजविराज कारागारमा थुनामा परेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.