कर्मचारीबीच कुटाकुट भएपछि वीरगञ्जको फोहोर उठेन

कर्मचारीबीच कुटाकुट भएपछि  वीरगञ्जको फोहोर उठेन

वीरगञ्जः कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि एक सातादेखि वीरगञ्ज उपमहानगरपालिकाको फोहोर उठ्न सकेको छैन । गत शुक्रबार कार्यकारी अधिकृत विष्णु कोइरालालाई प्रशासकीय अधिकृत राम दयाल यादवले कुटेपछि नगर क्षेत्रको सरसफाइ प्रभावित  भएको हो ।

करारमा कार्यरत कर्मचारीको सेवा सुविधा वृद्धि र म्याद थपकै विषयमा विवाद हुदा प्रशासकीय अधिकृत यादवले कार्यकारी अधिकृत कोइरालालाई कुटपिट गरेका थिए । करारमा कार्यरत कर्मचारीको सेवा सुविधा वृद्धिसहित म्याद थपको निवेदन स्वीकृत गर्ने विषयमा विवाद भएको हो ।

करारमा रहेका सफाइ कर्मचारीले प्रशासकीय अधिकृत यादवको कक्षमा दुव्र्यवहार गरे पछि यादवले दुव्र्यवहार गर्ने कर्मचारीलाई कार्यकारी अधिकृत कोइरालाले उक्साएको भन्दै कोइरालाको कक्षमा गएर हातपात गरेका थिए ।

उक्त घटनापछि प्रशासन प्रमुख यादवले म्याद थप नगरेको र ती कर्मचारीलाई कार्यकारी अधिकृत कोइरालाको मौखिक आदेशमा कामबाट वन्चित गरेपछि अहिले नगरको सरसफाइ प्रभावित भएको हो ।

कार्यकारी अधिकृत कोइरालाले गत असार महिनामा एक सय २८ जना कर्मचारी करारमा नियुक्त गरेका थिए । जस मध्ये सरसफाइ शाखाका ४० जना कर्मचारी छन् ।

सरसफाइ शाखामै करारमा नियुक्त भएका मध्ये १२ जना ट्याक्टर चालक पनि छन् । उपमहानगरपालिका कार्यालयमा फोहोर उठाउने २० वटा ट्याक्टर छन् ।  एक सातादेखि सडकको बीचमै थुप्रिएको फोहोर उठन नसक्दा दुर्गन्धका कारण आसपासका स्थानीय र यात्रुलाई समस्या भएको छ ।

वीरगन्ज घडीअर्वाका शम्भु साह कानुले भने ,‘नगरपालिकाका ट्याक्टर फोहोर उठाउनै आएको छैनन्, गन्धले बस्न गाह्रो भयो ।’
 उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत प्रकाशमान अमात्यले स्थायी चालक पाँच जना मात्र भएकाले फोहर संकलन हुन नसकेको बताए ।

उनले कार्यकारी अधिकृत कोइरालाको मौखिक आदेशमा करारका कर्मचारीलाई काममा रोक लगाइएको बताए । शुक्रबारको घटना पछि काठमाडौँमा रहेका कोइरालालाई नगरको सरसफाइको समस्याका बारेमा आफूले फोनमा जानकारी गराएपनि कुनै प्रतिक्रिया निदएको निमित्त कार्यकारी अधिकृत अमात्यले बताए ।

 मैले फोन गरेर कार्यकारी अधिकृतलाइ फोहोरको समस्या बारे बताए तर उहाँले कुनै प्रतिक्रिया दिनु भएन’, अमात्यले भने ,‘अब मन्त्रालयमै यस बारे जानकारी गराउछौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.