जुम्लामा सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा बढी

जुम्लामा सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा बढी

जुम्ला: जिल्ला अदालत जुम्लामा सबैभन्दा बढी सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा आउने गरेको पाइएको छ।

अदालतमा यो वर्ष जमानी रहेका र दर्ता गरिएका ७४ मुद्दामध्ये ३५ वटा सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा रहेको स्रेस्तेदार अधिकृत पुष्पराज पाण्डेयले बताए। ७४ मुद्दामध्ये देवानी ४०, व्यक्तिवादी फौजदारी २४, सरकारी फौजदारी मुद्दा १० रहेकामा १२ वटा फछ्र्यौैट भइसकेको अधिकृत पाण्डेले बताए। 

उनका अनुसार गत वर्षका ८० मुद्दामा ३२ फैसला भएको र ४८ यो वर्षको जिम्मेवारीमा आएका छन्। यसरी दर्ता भएका मुद्दामा केही मुद्दा विशेष प्राथमिकतामा पर्ने अदालतले जनाएको छ जसमा थुनुवा, बालबालिका, छुवाछूत, ७५ वर्षमाथिका व्यक्ति र महिलावादी मुद्दालाई छिटो फैसला गरिनेछ।

यसैगरी, नागरिकलाई एक घन्टाको तारिख तोक्ने र नक्कल दिने सेवासमेत दिइएको जनाइएको छ। जुम्लामा सानै उमेरमा विवाह गर्ने, बहुविवाह गर्ने र यसलाई संस्कारका रुपमा लिँदै आएकाले बढी सम्बन्ध विच्छेदका मुद्दा आउने गरेको अदालतले औँल्याएको छ। गत वर्ष र चालु आव गरी जुम्ला अदालतमा दुईजना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएको स्रेस्तेदार अधिकृत पाण्डेले बबताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.