खेलकुद मन्त्री लिएर रंगशाला सफाइमा पुग्यो अखिल क्रान्तिकारी

खेलकुद मन्त्री लिएर रंगशाला सफाइमा पुग्यो अखिल क्रान्तिकारी

काठमाडौँ: नेपालको एकमात्र रंगशालाको दुर्गति सम्बन्धी समाचार सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सफाइमा जुटेको छ ।

खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई समेत लिएर अखिल क्रान्तिकारीका नेता दशरथ रंगशाला पुगेर शुक्रबार बिहान पूरै सफाइ गरेका छन् । नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको रंगशालामा झाडी उम्रिएर कुरुप बनेपछि त्यसको सफाइमा अखिल क्रान्तिकारी सक्रिय भएको केन्द्रीय सचिव दीपेश पुनले जानकारी दिए ।

अखिल क्रान्तिकारीका नेतासँगै रंगशाला पुगेका खेलकुदमन्त्री श्रीपाइले शौचालयमा समेत झाडु लगाएर सफाइ गर्न विद्यार्थी नेतालाई हौसियाएका छन् । रंगशालाको सफाइमा जुटेका खेलकुद मन्त्रीले अब खेल क्षेत्रकै सबै फोहोर सफा गर्ने उल्लेख गरे ।

‘अब हामी रंगशालामात्र होइन खेल क्षेत्रका सबै फोहोर सफा गर्नेछौँ,’ सफाइमा जुटेका मन्त्री श्रीपाइलीले भने ।

रंगशाला सफाइको नेतृत्व गर्दै दीपेश पुन
अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवम्  विद्यार्थी स्वयम्सेवक तथा अतिरिक्त क्रियाकलाप विभागका प्रमुख दीपेश पुनको संयोजकत्वमा रंगशाला सफाइ अभियान सम्पन्न भएको हाे ।

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा समेत रहेका दीपेशले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘एउटा मात्र रंगशालाको यो हालत देख्दा राष्ट्रियतामाथि नै प्रश्न उठेको ठानेर सफाइ अभियान गरेका हौँ ।’

शुक्रबार बिहान झाडु, साबेल, हँसिया लिएर दीपेशसँगै अखिल क्रान्तिकारीका दुई दर्जन नेता रंगशाला पुगेका थिए । ‘सफाइका लागि हामीले कर्मचारी र खेलाडीलाई समेत आग्रह गर्यौँ तर सम्बन्धित निकायले वेवास्था गरेपछि हामी स्वयम् उपस्थित भएर सफाइ गरेका छौँ’, दीपेशले भने ।

दीपेशको नेतृत्वमा रंगशाला सफाइका लागि अखिल क्रान्तिकारीका अध्यक्ष अखिल नरेन्द्र न्यौपाने नेताहरु अनिल शर्मा, रञ्जीत तामाङ, एलिसा थापा, अर्जुन थापा, प्रकाश घिमिरे, टुकमान महरा, प्रेम श्रेष्ठ, बसन्त भण्डारी, पञ्चा सिंहलगायत रंगशाला पुगेका थिए ।

सफाइका क्रममा उठेको फोहोर व्यवस्थापन महानगरपालिकाको गाडि बोलाएर गरिएको दीपेशले बताए । रंगशाला पुननिर्माणको नाममा ठेकेदारले लापरबाही गरेको विषयमा समेत सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको पुनले बताए ।

'पुननिर्माणका नाममा ठेकेदारको चरम लापरबाही देखिएका छ’, दीपेशले भने, ‘त्यस्ता ठेकेदारलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउछौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.