नुवाकोटमा बसले किच्दा बृद्धाको मृत्यु
नुवाकोटः नुवाकोटको साततले दरवार क्षेत्रको इन्द्रचोकमा बसले किच्दा एक बृद्धाको मृत्यु भएको छ।
काठमाडौंवाट नुवाकोटको वागेश्वरी गाविसको फलाटे जाँदै गरेको ना ३ ख ३२०७ नम्वरको बसले गएराति विदुर नगरपालिका–२ इन्द्रचोकमा किच्दा स्थानीय ६४ वर्षीया वाटुली मिजारको मृत्यु भएको हो।
बसको अगाडिको चक्काले किचेर गम्भीर घाइते भएकी मिजारको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
प्रहरीले बस र चालक मन्तोष डंगोललाई नियन्त्रणमा लिएको छ।