सडक सुरक्षाबारे अपांग कोष र नवजीवनको संयुक्त सचेतना कार्यक्रम

सडक सुरक्षाबारे अपांग कोष र नवजीवनको संयुक्त सचेतना कार्यक्रम

काठमाडौंः राष्ट्रिय अपांग कोष र खगेन्द्र नवजीवन केन्दले संयुक्तरुपमा सडक सुरक्षा अन्र्तक्रिया तथा सचेतना कार्यक्रम गरेको छ।

शनिवार काठमाडाैंको जोरपाटीमा भएको कार्यक्रमलाई प्रमुख अतिथि प्रहरी वरिष्ठ नायब उपरीक्षक लोकेन्द्रबहादुर मल्लले सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्न तथा अन्य आरक्षणको नीतिगतरुपमा व्यवस्थालाई पालना गर्न र गराउन निरन्तर लागिरहेको बताएका छन्।

सरोकारवाला निकायलाई ध्यानाकर्षण गरी उत्पन्न समस्याबारे गम्भीररुपले ट्राफिक प्रहरीहरुलाई सुसूचित पार्न सरोकारवाला निकायसंग सधै समन्वय गर्न तत्पर रहेको बताए। यसैगरी नेपाल अपांग संघका केन्द्रीय अध्यक्ष मोहन महर्जनले नेपालमा अपांगता मैत्री सडक र यातायात ब्यवस्थापमा जोड दिनु पर्ने बताए।

कार्यक्रमका सभापति तथा राष्ट्रिय अपांग कोषका सदस्य सचिव यमनाथ मैनालीले अपांगताको सवालमा वकालत गर्दै आएका अग्रज अभियन्ताहरुको योगदानको कदर गर्दै सबै मिलेर आरक्षण लगायतका हरेक एजेण्डाहरुलाई कार्यन्वयन गर्नु पर्नेमा जोड दिए।

दशैंमा लामो दूरीमा चल्ने सवारी साधनमा टिकट उपलब्धतामा सहज गराउन उनले आग्रह गरे। कार्यक्रममा अपांगता क्षेत्रका दुई सय जनाको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.