झापामा म्याजिक फुटवेयरको सोरुम

झापामा म्याजिक फुटवेयरको सोरुम

काठमाडौं: जय श्री ग्रुपअन्तर्गतको म्याजिक फुटवेयरले पूर्वाञ्चलको गौरादह झापास्थित डिके ट्रेडर्समा आफ्नो २३औं फ्रेंचाइजी सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमको उद्घाटन सांसद दीपक कार्कीले गरेका छन् । सोरुमलाई उक्त क्षेत्रभरका ग्राहकलाई सेवा प्रदान गर्ने केन्द्रविन्दु बनाउने योजना रहेको कम्पनीले जनाएको छ ।

सोरुममा कम्पनीद्वारा उत्पादित स्कुल सुज, एरस, एमफोर्स तथा म्याजिक म्याजिकका एक सयभन्दा बढी जुत्ताचप्पल राखिएका छन् । कम्पनीका कन्ट्री हेड महेश बाहेतीका अनुसार म्याजिकले हालै स्कुलका विद्यार्थीलाई लक्षित गर्र्दै 'स्कुलको' नामक नयाँ सब ब्रान्ड बजारमा ल्याएको छ ।

बजारमा आएको छोटो समयमा यसले अत्यधिक लोकप्रियता कमाउन सफल भएको उनले बताए । साथै म्याजिकले युवा तथा आधुनिक फेसनेवल ग्राहकलाई लक्षित गर्दै प्रिमियम स्पोर्ट सुज 'आरोस' तथा स्पोर्ट स्यान्डल 'एमफोर्स' बजारमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.