फोर्डको ग्लोबल केयर मन्थ परियोजना
काठमाडौः फोर्डले ११औं फोर्ड ग्लोबल केयर मन्थ मनाउँदैछ । यस अवसरमा विश्वव्यापी रूपमा ६ महादेशमा २० हजारभन्दा बढी फोर्डका कर्मचारी, पूर्वकर्मचारी, विक्रेता, डिलर सामुदायिक तथा सामाजिक परियोजना कार्यमा आबद्ध भएको कम्पनीले जनाएको छ ।
गत बुधबार जिओ फोर्डले पनि आफ्ना कर्मचारी, स्वयंसेवक र राउन्ड नेपालको समन्वयमा कोसेली फाउन्डेसनमा अध्ययनरत पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गरेको छ ।
यसअन्तर्गत विभिन्न किताब, सरसफाइसम्बन्धी ज्ञान, नाचगान तथा विद्यालयलाई चाहिने खेलकुदका सामान वितरण गरिएको थियो । फोर्ड मोटर कम्पनीले यस परियोजनाअन्तर्गत विभिन्न सामाजिक कार्यका लागि ७० हजार अमेरिक डलर छुट्याएको कम्पनीले जनाएको छ ।