प्रौढ शिक्षा एक अवसर

प्रौढ शिक्षा एक अवसर

यस विद्यालयले २०६० सालमा यस बौद्ध क्षेत्रमा औपचारिक शिक्षाबाट वञ्चित भएका आमा तथा दिदीबहिनीका लागि प्रौढ शिक्षा सुरु गरेको हो । ती महिलाले शिक्षाको अभावमा विभिन्न समस्याहरू झेल्दै आएकाले विद्यालयले व्यक्तिगत पहलमा प्रौढ शिक्षाका कक्षाहरू सञ्चालनमा ल्याएको थियो ।

सुरुका दिनहरूमा यस भेगका महिला, कामकाजी आमा, दिदी तथा बहिनीहरूलाई प्रौढ कक्षामा समावेश गराउन निकै चुनौतीको विषय बनेको थियो । घरपरिवारको साथ नमिल्ने, घरपरिवारबाट स्वीकृति पाए पनि पठनपाठनको समय मिलाउन कठिनाइ पर्ने जस्ता समस्याले उहाँहरूलाई सधैं पिरोलिरहन्थ्यो ।

यस समस्यालाई मध्यनजर गर्दै संस्थापक अमर थापाले तुरुन्त दुई शिक्षिकाहरू विजया खनाल र सुरिना रुम्वालाई व्यक्तिगत पहलमा नियुक्त गरी प्रत्यक दिन तीन चरणका एक-एक घन्टाका कक्षाहरू सञ्चालन गराउनु भयो । एक नारी शिक्षित हुन्छे भने उसले परिवारका सम्पूर्ण सदस्यलाई शिक्षित बनाउन सक्छे भन्ने सन्देश पनि उहाँले घरदैलो कार्यक्रममार्फत घरघरमा फैलाइ दिनुभयो ।

यस कार्यले मनमा पढ्ने इच्छा बोकेका महिला दिदीबहिनीहरूलाई अझ हौसला प्रदान गर्‍यो । यस प्रौढ शिक्षाको कुरा गर्दा आदरणीय गुरुआमा विजया खनालको नाम भने लिनै पर्छ किनभने सम्भवतः उहाँ यस विद्यालयकी सबैभन्दा पुरानो र अनुभवी शिक्षिका हुनुहुन्छ ।

 उहाँले यस विद्यालयमा आफ्नो २५ औं वसन्त पार गरिसक्नु भएको छ । उहाँ सदैव भन्ने गर्नुहुन्छ ‘स-साना नानीबाबुसँग रमाउनु मेरो पेसा हो भने प्रौढ महिला दिदीबहिनीसँग आफ्नो अनुभव बाँड्नु र उहाँहरूको अमूल्य सल्लाह सुझावहरूले आफूलाई अझ निखार्नु भने मेरा लागि एक महत्वपूर्ण अवसर बनेको छ ।’

वि.सं. २०६० सालदेखि २०७३ सालसम्मको अन्तरालमा यस प्रौढ कक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ । सुरुका दिनहरूमा दस, पन्ध्र जनाबाट कक्षा सञ्चालन भएको थियो तर आजभोलि भने दैनिक तीन चरण गरी करिब सय जना विद्यार्थीले अध्ययन गर्ने गरेको पाइन्छ ।

उहाँहरूलाई अध्यापन गराउने क्रममा आधारभूत शिक्षाका साथसाथै जनचेतनामूलक कार्यक्रम जस्तै टोल सरसफाइ, चेलीबेटी बेचविखन, लागूऔषध दुव्र्यसनीजस्ता कार्यक्रममा पनि सहभागी गराउँदै आएको छ । 

यसरी पहिलो चरणको आधारभूत शिक्षा प्रदान गरी दोस्रो चरणको शिक्षा कक्षा १ देखि कक्षा ५ सम्मको स्तरमा पुर्‍याई पुनः तेस्रो चरणको शिक्षा कक्षा ६ देखि कक्षा ८ सम्म अर्थात् जिल्ला शिक्षा परीक्षासम्म सहभागी गराई उत्तीर्ण गराउन सफल भइसकेको छ ।

हालसम्म यस प्रौढ शिक्षामारफत महिला दिदीबहिनीले शिक्षा प्राप्त गरी आफू अशिक्षित हुँ भन्ने धारणा आफ्नो मस्तिष्कबाट हटाई सक्नुभएको छ भने कतिपय आमा, दिदीहरू देश विदेशको भ्रमण र आयआर्जन गरिरहनु भएको छ । अब यस विद्यालयको सोच भनेको उक्त विद्यार्थीलाई एसएलसी परीक्षासम्म सहभागी गराई उत्तीर्ण गराउनु रहेको छ ।

दिपी तामाङ

कक्षाः १०

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.