पञ्चकन्याका थप दुई ट्याङ्क बजारमा
काठमाडौः पञ्चकन्याले ३१६ ग्रेडका थप दुई ट्याङ्क बजारमा ल्याएको छ । पञ्चकन्याले विगत ४ वर्षदेखि अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल स्टेनलेस स्टील ट्याङ्क विक्री वितरण गर्दै आएको छ । कम्पनीले सोही प्रविधिको प्रयोग गरी उच्च गुणस्तरीय बढी खीया प्रतिरोधी ३१६ ग्रेडका ट्याङ्क बजारमा ल्याएको हो ।
ती ट्याङ्क मिरर फिनिक्स्ड भएको हु“दा अन्यको दा“जोमा पानी छिटो तात्न नपाउँने कम्पनीले जनाएको छ । बिर्कोमा लक सिस्टम भएकोले कुनै किसिमका कीरा, फट्याङ्ग्रा र फोहर पस्न नसक्ने कम्पनीको दावी छ । साथै स्ट्याण्ड सहित हुनाले ट्याङ्क रहेको स्थानमा सरसफाई गर्न सजिलो हुने बताइएको छ ।
३१६ ग्रेडका ट्याङ्क फर्मास्युटिकल ल्याब, हस्पिटल, ब्रुअरी, डिष्टिलरी, डेरी, औद्योगिक प्रतिष्ठान, फुड एण्ड बेभरेजलगायतका उद्योग तथा घरायसी प्रयोजनका लागि अति उपयोगी भएको कम्पनीको भनाइ छ । हाल यी ट्याङ्कहरु १० हजार, १५ हजार, २० हजार, ३० हजार, ४० हजार र ५० हजार लिटर क्षमतामा उपलब्ध रहेका छन् । साथै पञ्चकन्याले ३०४ ग्रेडका ट्याङ्क होरिजेन्टल डिजाइनमा समेत उत्पादन सुरु गरेको जनाएको छ ।