चालक–सहचालकले दैनिक गर्छन् यात्रुसँग दुर्व्यवहार

चालक–सहचालकले दैनिक गर्छन् यात्रुसँग दुर्व्यवहार

ललितपुर: शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो। भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए। तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले मन लागेको ठाउँमा बस्न निजी गाडी होइन भन्दै उनलाई झपारे।

सार्वजनिक यातायातमा यात्रु र सहचालकका बीचमा भाडा, सिटलगायत विषयमा दैनिक विवाद हुने गरेको छ। यात्रुले सहचालकसँग जिज्ञासा मात्रै राख्दा पनि तिनले नराम्रो व्यवहार गर्ने यात्रुको गुनासो छ।

बालकुमारीबाट एकान्तकुनासम्म यात्रा गर्दा १७ रुपैयाँ भाडा तिर्दै आएका भैँसेपाटीका राजीव महर्जनले बिहीबार २० रुपैयाँको नोटबाट फिर्ता पाएनन्। सहचालकसँग भाडा बढेको हो भनेर सोध्दा विवाद भएको थियो। चानचुन नभएको भन्दै सहचालक यात्रुसँग झगडा गर्न तम्सिए।

यी र यस्तै दृष्य सार्वजनिक सवारीमा दैनिक रुपमा देखिन्छ। तामाङ र महर्जन जस्तै सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले सहचालकको दैनिक दुव्र्यवहार सहनु परिरहेको छ। भाडा तिरेर यात्रा गर्दा समेत सहचालकले सिँत्तैमा लगिदिन परेको जस्तो व्यवहार गर्ने यात्रु बताउँछन्।

भाडा बढी लिँदा, भिड गाडीमा यात्रुलाई असहज हुँदा, गाडी धेरै ठाउँमा रोकिरहँदा लगायत कारणले विवाद हुने गरेको हो। दैनिक रुपमा हुने विवाद कहिलेकाहीँ सामान्य झगडामा टुङ्गिने गरेको छ भने कहिले लम्बिने गरेको छ।

यातायात क्षेत्रका अगुवा राम थापा यात्रुसँग राम्रो व्यवहार गर्न लगानीकर्ताले चालक÷चालकलाई नसिकाउने बताउँछन्। यात्रुसँग जे जसरी पनि बढी भाडा लिनका लागि सञ्चालकले दबाब दिने गरेका छन्। सार्वजनिक सवारीमा सहचालक र चालक पढाइ कम भएका धेरै छन्। उनीहरुमा व्यावहारिक ज्ञान कम छ। उनी भन्छिन्,'लगानीकर्ताले बढी भाडा लिन मात्रै नभएर यात्रुसँग राम्रो व्यवहार गर्न पनि सिकाउन खाँचो छ।'

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले सहचालकमा यात्रुलाई सम्मान गर्नुपर्छ भन्ने भावना नभएको बताए। उनले भने,'यात्रुलाई तँ भन्ने, भाडा तिरेपछि फिर्ता माग्दा भीख मागेको जस्तो व्यवहार गर्छन्।' सम्बन्धित निकायले चालक र सहचालकलाई यात्रुसँग गर्ने व्यवहार र सवारी नियमका विषयमा ज्ञान दिनुपर्ने उनी बताउँछन्।

समयमा गुडाउने र समयमा पुर्याउने विषयमा पनि चालकले वास्ता गर्दैनन्। भरिएपछि मात्रै चालकले गुडाउँदा पनि विवाद भइरहेको छ। यात्रु आफैँ सजग हुँदा मात्रै सार्वजनिक यातायातमा चालक सहचालकको व्यवहार सुधार हुन सक्छ। यात्रुले आफूलाई नराम्रो व्यवहार गर्नासाथ ट्राफिक प्रहरीलाई उजुरी गर्नुपर्ने उनले बताए। उनले भने,'उजुरी गर्ने र कारबाही भए नभएको बुझ्नुपर्ने खाँचो छ।' महाशाखाको नम्बर १०३ र महानगरीय ट्राफिक प्रहरी परिसरको नम्बर ११०३ मा आएका उजुरीका आधारमा कारबाही भइरहेको ट्राफिक प्रहरीको जिकिर छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.