प्रधानमन्त्री र गृहमन्त्रीको विवादले गृहमा सरुवा सकस

प्रधानमन्त्री र गृहमन्त्रीको विवादले गृहमा सरुवा सकस

काठमाडौं: आर्थिक उपार्जनका लागि राम्रो ठानिएका जिल्लामा अलगअलग नेताका अभिभावकत्व बोकेका प्रमुख जिल्ला अधिकारीका आकांक्षी बढेपछि गृह मन्त्रालयले झन्डै एक महिनाअघि सरुवा भएर आएका सहसचिव र उपसचिवको पदस्थापना गर्न सकेको छैन ।

दैनिक काम कारबाहीका हिसाबले महत्त्वपूर्ण ठानिएका विमानस्थलस्थित अध्यागमन कार्यालय, कारागार व्यवस्थापन विभाग र प्रहरी किताबखाना पनि नेतृत्वविहीन छन् । सहसचिवको सरुवा र पदस्थापन नहुँदा सिन्धुपाल्चोक, मकवानपुर र काभ्रे सीडीओ विहीन छन् ।

शक्तिकेन्द्रहरूले यो र त्यो पठाउने भन्दै लबिङ गरेपछि ती जिल्लामा सीडीओ पठाउन नसकेको स्रोतले बताएको छ । रसुवा, लमजुङ, दोलखा र संखुवासभाको सीडीओ बन्नसमेत हानथाप छ । नेतापिच्छेका सिफारिस आएपछि सीडीओ बनाउन सकस भएको हो । 'एउटै जिल्लामा सीडीओ हुन पाँचजनासम्मको नाम आएको छ', गृहका एक अधिकारीले भने, 'अनि कसरी सरुवा हुन्छ ? मिलाउने कोसिस भइरहेको छ ।'

सरुवा हुने हल्लाले अहिले काम गरिरहेका विभागीय प्रमुख र विभिन्न जिल्लाका सीडीओले काममा समेत उदासीनता देखाउन थालेका छन् । गृह मन्त्रालय, कर्मचारी प्रशासन महाशाखाका प्रमुख यज्ञ कोइरालाले सरुवा तयारी भइरहेको बताए । कोइरालाले अन्नपूर्णसँग भने, 'तयारीमा छौं । प्रक्रिया पूरा भएपछि पदस्थापना र सरुवा गर्छौं ।'

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिको सूचीका कारण पदस्थापना र सरुवा हुन नसकेको हो । 'सरुवा गर्ने बेलामा प्रधानमन्त्री कार्यालयबाट फलानो जिल्लाको सीडीओलाई नचलाइदिनु होला भन्ने खबर आउँछ, अनि कसरी सरुवा हुन्छ ? ' स्रोतले भन्यो । सीडीओ र विभागीय प्रमुख बनाउनसमेत प्रधानमन्त्री र गृहमन्त्रीको रुचि रहेकाले ढिलाइ भएको स्रोतले बतायो ।

प्रधानमन्त्री र गृहमन्त्री विमलेन्द्र निधिको फरक सूचीका कारण पदस्थापना र सरुवा हुन नसकेको हो ।

गृहका कर्मचारी राम्रो जिल्लामा सीडीओ बन्न दलका नेतालाई भेटेर लबिङ गरिरहेका छन् । स्रोतका अनुसार गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले तयार पारेको सरुवाको सूची पटक–पटक फेरबदल भएको छ । कतिपय व्यक्तिलाई सीडीओ बनाउन आर्थिक चलखेलसमेत हुने गरेको स्रोतले बताएको छ । 'कसैलाई सीडीओ बन्नै धौ–धौ, कसैलाई सीडीओमै सरुवा हुन,' गृहका एक उपसचिवले अन्नपूर्णसँग भने, 'शक्तिकेन्द्र नधाउने र लाइन नमिल्ने हो भने सिडियो बन्न गाह्रो छ ।'

गृहअन्तर्गत अहिले पाँच सहसचिव, झन्डै २० उपसचिव र अधिकृत काम नपाएर हाजिर गर्दै फर्कने गरेका छन् । सेवाग्राहीको घुइँचो लाग्ने र सुरक्षाका दृष्टिकोणबाट अतिसंवेदनशील विमानस्थलस्थित अध्यागमन कार्यालय नेतृत्वविहीन हुँदा दैनिक कामकारबाहीमा समस्या आएको छ । विमानस्थलस्थित अध्यागमनका एक अधिकारीले अन्नपूर्णसँग भने, 'विदेशीका समस्या आइरहेका हुन्छन् । कार्यालय प्रमुखका हैसियतले निर्णय गर्नुपर्ने कतिपय काम हामी जिम्मा लिन सक्दैनौं ।'

अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यामगन कार्यालयमा प्रमुख बनेर जान प्रायः कर्मचारी मान्दैनन् । समयमै सरुवा भएर आएका कर्मचारीको पदस्थापना नगर्दा शक्ति केन्द्रको दबाबमा दैनिकजसो सरुवा सूची फेरबदल हुने गरेको मन्त्रालय स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.