सार्क एवं गल्फ क्षेत्रमा जेट एयरको सेवा विस्तार

सार्क एवं गल्फ क्षेत्रमा जेट एयरको सेवा विस्तार

काठमाडौं: जेट एयरले सार्क राष्ट्र र गल्फ क्षेत्रमा सेवा विस्तार गर्दै लगेको छ । भारतको अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी जेट एयरले सार्क राष्ट्रका साथै गल्फ क्षेत्रमा आफ्नो सेवालाई विस्तार गरेको हो । विन्टर तालिकाको रूपमा कम्पनीले काठमाडौंदेखि मुम्बइ र दिल्लीको लागि सेवा थप गरेको छ ।

साथै कम्पनीले केरलादेखि गल्फ र त्रिभुवननाथपुरमबाट दुवई र दोहामा दैनिक सेवाको विस्तार गरेको छ । कम्पनीले भर्खरैमात्र कोजिकोडबाट सार्जाका लागि दैनिक सेवा पनि सुरु गरेको हो । ग्राहकको चाहना र सुविधालाई मध्यनजर गर्दै जेट एयरले काठमाडौं र गल्फमा थप उडान भर्दै जाने बताएको छ । साथै अन्य अन्तर्राष्ट्रिय गन्तब्यहरूमा थप सेवा सुविधा विस्तार गर्दै लैजाने कम्पनीले जनाएको छ ।

कम्पनीले दैनिक दुईपटक मुम्बईबाट काठमाडौंमा सेवा विस्तार भएसँगै यसको क्षमतामा समेत बृद्धि भएको उल्लेख गरेको छ । काठमाडौंदेखि मुम्बईको सेवामा पनि तेस्रो दैनिक सेवा विस्तार गरी सेवालाई अझ प्रभावकारी बनाउँने कम्पनीले जनाएको छ ।

यो सँगै कम्पनीलाई सार्क राष्ट्रमा आफूलाई अझ प्रभावकारी रूपमा विस्तार गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले अहिले सार्कराष्ट्रमध्ये बंगलादेश, श्रीलंकामा र नेपालमा गरी हप्तामा एक सय ४० फ्लाईट पुगेको छ । त्यसमा आधाभन्दा बढी सेवा नेपालमा रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.