युनाइटेड सिमेन्टसको भेला आयोजना
काठमाडौं: यूनाइटेड सिमेन्टसले राजमिस्त्री तथा ठेकेदारलाई लक्षितगरी भूकम्प प्रतिरोधी निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक जानकारी गराउने उदेश्यले भेलाको आयोजना गर्यो । मंगलबार भक्तपुरमा आयोजना गरेको उक्त भेलामा ठूलो संख्यामा राजमिस्त्री तथा ठेकेदार सहभागी भएका थिए ।
यस्तो किसिमको कार्यक्रमले निर्माणकर्मीहरूलाई मज्बुत निर्माण गर्न प्रेरित गर्नुका साथै गुणस्तरीय निर्माणसामग्री मात्र प्रयोग गर्नुपर्छ भन्ने सुझाव उद्योगले दिएको छ । साथै कम्पनीले निर्माणकर्मीको सम्मान स्वरूप पहिलो पटक विशेष योजना प्रारम्भ गरेको बताएको छ र यसले निर्माणकर्मीहरूलाई थप उत्साह प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
ललितपुरको लेलेमा अवस्थित चुनढुङ्गा खानीबाट गुणस्तरीय चुनढुङ्गा उत्खनन् गरी ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको यस 'यूनाइटेड सिमेन्ट' ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरीसकेको जनाएको छ । 'गुणस्तरीय निर्माण सामग्री मात्र प्रयोग गरौँ र मजबुत निर्माणमा जोड दिउँ' भन्ने नाराकासाथ अघि बढेको यस उद्योगले तालिमको माध्यमबाट निर्माणकर्मीलाई राष्ट्र निर्माणमा लाग्न प्रेरित गर्ने जनाएको छ ।