भारत र चीनका राष्ट्रपति नेपाल आउने दिन सार्वजनिक विदा दिइने

भारत र चीनका राष्ट्रपति नेपाल आउने दिन सार्वजनिक विदा दिइने

काठमाडौंः सरकारले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिए।

भारतीय राष्ट्रपति मुखर्जी नेपालको औपचारिक भ्रमणमा आगामी कात्तिक १७ गते आउँदैछन्। तर, चिनियाँ राष्ट्रपति जिन पिङ भने नेपाल आउने तय भएको छैन।

मन्त्रिपरिषद्को आजको बैठकले छिमेकी भारतीय र चीनका राष्ट्र प्रमुखबाट हुने नेपालको राजकीय भ्रमण गर्ने पहिलो दिन विगतको परम्परा र सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि सन् १९९८ मेमा नेपालको निमन्त्रणामा भारतीय राष्ट्रपति केआर नारायण नेपाल आएका थिए ।

मित्र राष्ट्रका राष्ट्र प्रमुख नेपालको राजकीय भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदा दिने विगतकै परम्परा हो । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालमा रहँदा राष्ट्रपति मुखर्जीबाट पशुपतिनाथ र जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्ने, काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई सम्बोधन गर्ने, पोखरामा भारतीय सेनामा काम गरी अवकाश पाएका सैनिकको भेलालाई सम्बोधन गर्ने लगायत कार्यक्रम रहेको छ । 

यसैगरी मन्त्रिपरिषद बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली झाँगाझोलीका उर्गेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री शर्माले बताए।

बैठकले थानकोट–चित्लाङ गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय पनि गरेको शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.