बाबुराम भट्टराई बेलायत भ्रमणमा

बाबुराम भट्टराई बेलायत भ्रमणमा

काठमाडौँ: नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई बिहीबार अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा बेलायत उडेका छन् ।

बेलायतमा रहँदा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नाका साथै त्यहाँको संसद् हाउस अफ कमन, लन्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायत बारेमा छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले यही कात्तिक ३० गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयका उपकुलपतिसँग शिष्टाचार भेट र विश्वविद्यालयमा ‘समावेशी लोकतन्त्र, दिगो विकास र सामाजिक न्यायः नेपालमा आर्थिक विकासका निम्ति नयाँ दृष्टिकोण’ विषयमा व्याख्यान दिनेछन् ।

उनीसँगै नयाँ शक्तिका विदेश विभाग प्रमुख नवराज सुवेदी र कृषि विभाग प्रमुख मदन राई पनि छन् ।

साथै उनले पोर्चुगलमा पनि नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.