संविधान कार्यान्वयन गरेर विकासमा अघि बढौँ: प्रचण्ड

संविधान कार्यान्वयन गरेर विकासमा अघि बढौँ: प्रचण्ड

विराटनगरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानलाई सर्वस्वीकार्य बनाएर विकास र आर्थिक प्रगतिमा अघि बढ्नु नै नेपालको अबको बाटो भएको बताएका छन् ।

मोरङ व्यापार संघले दाहालको स्वागत तथा सम्मानमा शुक्रबार विराटनगरमा गरेको कार्यक्रममा दाहालले भने, ‘संविधानको सर्वस्वीकार्यतापछि मात्र राजनीतिक स्थिरता कायम हुनसक्छ त्यसपछि निजी क्षेत्रको साथ लिएर देशको आर्थिक विकासमा अघि बढ्नु पर्छ ।’

आफ्नो पहिलो र गोवामा दोस्रो भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री तथा उच्च सरकारी अधिकारीसँग नेपालको प्रगति तथ विकासको लागि पनि लगानी गर्न आग्रह गरेको दाहालले बताए । भारत र चीनको विकास तथा विश्व परिवेशले पनि अब नेपाल विकासतर्फ अघि नबढी धरै नभएको पनि उनको भनाइ छ ।

आफ्नो दुई पटकको भारत भ्रमणले चिसिएको सम्बन्ध धेरै राम्रो अवस्थामा आएको दाबी गर्दै प्रधानमन्त्री दाहालले नेपाली उद्योगमा भारतीय लगानीकर्तालाई लगानी गर्न आग्रह गरेको बताए ।

‘जुट उद्योगकै सवालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एन्टी डम्पिङ ट्याक्स नलगाइदिन आग्रह गरेको छु,’ दाहालले भने, ‘उहाँले यो विषयमा सकारात्मक आश्वासन पनि दिनु भएको छ ।’

नेपालमा उत्पादन हुने जुटले भारतलाई असर नगर्ने विषयमा आश्वस्त गराएको बताउँदै राष्ट्रिय गौरवका योजना निरीक्षणका क्रममा आफू पूर्वाञ्चल आएको स्पष्ट पारे। उनले विराटनगरको भौतिक तथा औद्योगिक विकासमा आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए ।

संयुक्त भन्सार चेक पोस्ट, जोगबनी–किमाथांका सडक तथा सुनसरी–मोरङ आद्यौगिक करिडोरको विकासमा ध्यान दिने पनि उनले बताए । लगातारको आन्दोलन, बन्द तथा हड्तालले देश विकासको गतिमै असर पुगेको बताउँदै उनले आफूले राम्रो काम गर्न खोज्दा पनि अफजसको सामना गर्नु परेको बताए ।

कार्यवाहक मुख्य सचिव टंकमणि शर्माले प्रधानमन्त्री नेपालका विभिन्न स्थानमा भ्रमण गरी विकासको अवस्था तथा सम्भाव्यताको विषयमा जानकारी लिने क्रममा पूर्वको भ्रमणमा निस्किएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले पूर्वीक्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गरे ।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले राष्ट्रिय महत्वका विकास परियोजनालाई समयमै सम्पन्न गर्ने दिशामा सरकार केन्द्रित हुनुपर्ने सुझाव दिए । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले विराटनगर क्षेत्रीय विमानस्थल, नेपाल भारत एकीकृत भन्सार चेक पोष्ट, ६ लेन सडक निर्माण आदि विषयमा भएको ढिलासुस्तीको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री दाहालले विराटनगर जुटमिल्सको पनि निरीक्षण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.