संविधान संशोधनमा एमाले ‘तयार'

संविधान संशोधनमा एमाले ‘तयार'

काठमाडौंः संविधान संशोधनमा ‘रिजिड' हुँदै आएको प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधनका लागि तयार भएको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भएको झन्डै एक घन्टा लामो छलफलपछि संशोधन गर्ने विषयमा सहमति जुटेको हो । ‘संविधान संशोधनका लागि एमाले अध्यक्षसँग घनीभूत छलफल भयो', छलफलपछि अन्नपूर्णसँग कुरा गर्दै देउवाले भने, ‘एमाले संशोधनका लागि तयार हुने भएको छ । अत्यन्त सकारात्मक छलफल भयो ।'

एमाले अध्यक्ष ओलीले पनि संविधान संशोधनबारे भएको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । ‘संविधान संशोधनका विषयमा चर्चा भयो । देशको हितका निम्ति आवश्यक छ भने एमाले तयार छ भन्ने मैले धारणा राखेको छु', ओलीले भने, ‘छलफल नकारात्मक भएको छैन ।'

दुई नेताबीच संविधानका विशेषगरी नागरिकता, भाषा, प्रदेश सीमांकन र राष्ट्रिय सभा गठन विषयमा छलफल गरेर संशोधन प्रस्ताव तयार गर्ने विषयमा कुराकानी केन्द्रित थियो ।

एमाले अध्यक्ष ओलीले अंगीकृतलाई प्रमुख पद दिने पक्षमा आफ्नो पार्टी नभएको तर नागरिकताका केही व्यावहारिक कठिनाइ फुकाउने गरी संशोधन गर्न तयार रहेको धारणा छलफलमा राखेका थिए । कांग्रेस सभापति देउवाले अंगीकृतलाई उच्च पद दिने भन्ने विषय आफ्नो पार्टीको औपचारिक धारणा नभएको प्रस्ट पारेका थिए ।

स्थानीय निकाय निर्वाचन गर्न मनाउने गरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर संशोधन प्रस्ताव ल्याइए सहमति जनाउने ओलीको भनाइ ।

प्रदेश सीमांकनका विषयमा भने एमाले अझै तयार भएको छैन । स्रोतका अनुसार स्थानीय निकाय निर्वाचन गर्न मनाउने गरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर संशोधन प्रस्ताव ल्याइए सहमति जनाउने धारणा ओलीले राखेका थिए । कांग्रेस र माओवादी केन्द्रले केही प्रदेशका केही जिल्ला र गाविस हेरफेर गर्ने गरी संशोधन प्रस्ताव गर्ने बताउँदै आएका छन् ।

मधेसी दलले माग गर्दै आएको राष्ट्रिय सभा गठनका विषयमा भने देउवाले जनसंख्या र भूगोल दुवैलाई आधार बनाउने गरी संशोधन गर्ने पक्षमा आफ्नो पार्टी रहेको धारणा राखेका थिए । यस विषयमा ओलीले पार्टीभित्र आन्तरिक छलफल गरेर मात्रै जबाफ दिनसक्ने बताएको स्रोतले जनायो ।

मधेसी मोर्चाले माग गर्दै आएको भाषाका विषयमा भने अधिकांश बोलीचालीका भाषालाई राष्ट्रिय भाषा बनाउन सकिने विषयमा देउवाले माओवादी केन्द्र र मधेसी मोर्चामा सहभागी दल पनि सहमत भएको धारणा राखेका थिए ।

त्यस विषयमा एमाले लचक देखिएको स्रोतको दाबी छ । संविधान संशोधनको सैद्धान्तिक विषयमा सहमति भए तीन प्रमुख दलबीच अनौपचारिक कार्यदल बनाएर संशोधन प्रस्ताव तयार गर्न सकिने विषयमा पनि छलफल भएको थियो ।

सत्तारूढ कांग्रेस र माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव छिट्टै दर्ता गरेर स्थानीय निकाय चुनाव घोषणा गर्ने मनस्थितिमा छन् । यसअघि कांग्रेस–माओवादी केन्द्र र माओवादी केन्द्र–एमालेका शीर्ष नेताबीच संविधान संशोधनबारे छलफल चलेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.