कसमस बैंकको २३.६० प्रतिशत बोनस
काठमाडौः कसमस डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २३.६० प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ ।
बैंकका अध्यक्ष प्रा.डा. टेकनाथ ढकालको अध्यक्षतामा बसेको बैंकको छैठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ सम्मको सञ्चित मुनाफाबाट २३.६० प्रतिशत बोनस सेयर र ६ लाख २४ हजार नौ सय ३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।
अध्यक्ष ढकालले छोटो समयमा बैंकको लोकप्रियता बढ्दै गएको बताएका छन् । उनले भविष्यमा आफ्नो कारोबारको दायरालाई फराकिलो पार्दै समयानुकूल प्रविधि अपनाई सुविधालाई थप विस्तार गर्दै लगिने बताएका छन् ।
बैंकले आर्थिक वर्ष २०७२/०७३ मा ६३ करोड १४ लाख ६९ हजार निक्षेप संकलन गरी ४९ करोड ३८ लाख ७८ हजार लगानी गरेको छ । बैंकले सोही अवधिमा एक करोड ५१ लाख १२ हजार मुनाफा कमाउन सफल भएको छ ।