परिवर्तन हुँदै सटिङ सुटिङ

परिवर्तन हुँदै सटिङ सुटिङ

ग्राहकले एक जोर सुट सिलाउन एक महिना अघिदेखि तयारी गर्नुपथ्र्यो । विवाह हुनुभन्दा निकै अगाडि सुटको अर्डर गर्नुपथ्र्यो । टेलरले एउटा सुट तयार गर्न हप्तौं समय लगाउँथ्यो । अहिले धेरै परिवर्तन आइसकेको छ । कपडा सिलाउने शैली पनि फेरिएको छ । ग्राहकले बिहान सुट अर्डर गरेर बेलुका लिन सक्छन् ।

मेरिना इम्पेक्सले दैनिक ५० सेट कोट तयार गर्न सक्छ । हामी अमेरिकन राजदूतावासदेखि नेपालका बैंक तथा कम्पनीमा कार्यरत कर्मचारीका लागि सटिङ सुटिङको काम गर्दै आएका छौं । दैनिक सयौंको संख्यामा ग्राहक आउँछन् । उनीहरूले रोजेको कपडा उनीहरुकै डिजाइनमा सिलाउनु पर्छ । हाम्रो प्राथमिकता पनि ग्राहकलाई सन्तुष्ट पार्नु हो, त्यसमा सफल भइरहेका छौं ।

मेरिना इम्पेक्स २०३९ सालमा स्थापना भएको हो । हामीले नेपालको सटिङ सुटिङ बजार राम्रोसँग चिनेका छौं । सुरुवातमा हामीले जापानबाट कपडा मगाउथ्यौं । बजारमा आयातीत कपडाको प्रभुत्व थियो ।

पाँचदेखि सातभन्दा बढी रङमा कपडा उपलब्ध थिएनन् । २०४६ सालपछि भारतीय कपडाले सटिङ सुटिङको बजार ओगट्न थाल्यो । अहिले भारतीय कपडाको हिस्सा ६० प्रतिशत छ । भारतबाट सटिङ सुटिङका सामग्री भित्रिन थालेपछि मूल्यमासमेत कमी आयो ।

अहिले ग्राहकको रोजाइ, ग्राहकले गर्ने अपेक्षामा ठूलो परिवर्तन आइसकेको छ । अहिले मानिसमा महिना दिनसम्म कुरेर सुट सिलाउने धैर्यता पनि छैन । बढी पैसा तिरेरै भए पनि एक/दुई दिनमै सिलाउन खोज्छन् ।

ग्राहकमा आएको परिवर्तनले व्यवसायीमा पनि परिवर्तन ल्याइदिएको छ । ग्राहकले भनेको समयमा कपडा तयार पार्न नसके ग्राहक भड्किने चिन्ता हुन्छ । काम हतारमा गर्दा पनि सिलाइ नराम्रो भएर ग्राहक भड्किएलान भने डर हुन्छ ।

सिलाइमा परिवर्तन

पहिला जुटको बक्रम आउँथ्यो । जुटको बक्रम राखेर कोट सिलाउन गाह्रो थियो, समय पनि लाग्थ्यो । एउटा कोट सिलाउन दुई दिन लाग्थ्यो । अहिले पेस्टिङ सिस्टम आएको छ, यसले काम सहज भएको छ । कोटको फिनिसिङ पनि राम्रो हुन्छ । पहिला जतिसुकै राम्रो कालिगढ भए पनि एउटा कोट तयार पार्न दुई दिन लाग्थ्यो । अहिले राम्रो कालीगढले एक दिनमा दुई वटासम्म कोट सिलाउन सक्छ ।

अहिले भारत, इटाली, चाइना, बैंकक, हङकङलगायतका मुलुकबाट कपडाहरु आयात गरिन्छ । चाइनाको आयात बढ्दो क्रममा छ । मूल्य कम हुनाले चिनियाँ कपडामा आकर्षण बढ्दो छ । सबैभन्दा राम्रो क्वालिटीको कपडा इटालीबाट आयात हुन्छ, मूल्य पनि चर्कै हुन्छ । इटालीको कपडाबाट कोट तयार पार्दा सामान्यता १२ हजारदेखि ६५ हजारसम्म खर्च लाग्छ । नेपालमा अहिले तीन हजारदेखि ६५ हजारसम्मका कोट सिलाइन्छ ।

रेडिमेट कपडाको असर

अहिले बजारमा रेडिमेट कपडाको बजार बढदो छ । २०५० सालदेखि रेडिमेट कपडाको बजार बढ्न थालेको हो । आयातित रेडिमेट कपडाले सटिङ सुटिङ व्यवसायलाई केही असर पक्कै गरेको छ । यतिसम्म कि सस्तो मूल्यमा कोट, जरिकोटसम्म रेडिमेट आयात हुन थालेका छन् । यसले हाम्रो व्यवसाय थप प्रभावित भएको छ ।

दोस्रो जनआन्दोलनपछि सटिङ सुटिङमा कालिगढको अभाव खड्किन थालेको छ । राम्रो काम गर्ने कालिगढ बिदेसिएका छन् । राम्रो कालिगढ पाउन छाडिसक्यो । एउटा कोट सिलाएको १३ सयभन्दा बढी पाउँछन् । राम्रो आम्दानी हुँदा पनि कालिगढ पाइँदैन ।

नेपाली कपडामा आकर्षण
पछिल्लो समय नेपाली कपडामा पनि आकर्षण देखिएको छ । स्कुल/कलेजका ड्रेस नेपाली कपडाले धानेको छ । अहिले सटिङ सुटिङमा कुल बजारको ३० प्रतिशत नेपाली कपडाले ओगटेको छ । ग्राहक धेरै प्रकारका हुन्छन् । सामान्यदेखि हाई रेन्जसम्मका फर्मल डे«सको प्रयोग हुन्छ । मानिसले विशेषगरि अफिस, विवाह तथा अन्य सुभकार्यमा फर्मल कपडा लगाउने गर्छन् ।

पछिल्लो समय ठूला कम्पनी, बैंक, अफिसमा काम गर्ने कर्मचारीले सुट लगाउन थालेका छन् । फर्मल ड्रेसमा अफिस जानुपर्ने भएकाले सिलाएका कपडा लगाउने मानिस बढेका छन् । अहिले बजार रफटप र फर्मल गरी दुई भागमा विभाजित छ । युवा बढी रफटफमा देखिन्छन् भने ३५ वर्ष माथिका मानिस फर्मलमा बढी हुन्छन् । फिटिङ र आकर्षक कपडा लगाउन चाहनेले सिलाएको कपडा नै खोज्छन् ।

बजारमा प्रतिस्पर्धा बढेको छ । व्यापारमा प्रतिस्पर्धाभन्दा पनि क्वालिटी उत्पादन र ग्राहक सर्भिसमा प्रतिस्पर्धा हुनुपर्छ । । ३४ वर्षे यात्रामा हामीले गुणस्तर र आकर्षक डिजाइनलाई प्राथामिकता दिएका छौं । त्यसैले होला ग्राहक पुनः फर्किएर आउँछन् । न्युरोडबाट सुरु भएको हाम्रो यात्रा अहिले पाटनको गाबाहल, बागबजार, सामाखुसी हुँदै विश्वज्योती महलमा आउटलेट स्थापना गरी सकिएको छ ।

हामीले आगामी दिनमा ग्राहकको सहजताका लागि डोर टू डोर सेवा गर्ने योजना बनाएका छौं । घरमै पुगेर सेवा दिन सकेको खन्डमा व्यवसाय अझै विस्तार हुने थियो । नयाँ पुस्तालाई समेट्न यो आवश्यक पनि छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.