आर्मी र पुलिस फाइनलमा

आर्मी र पुलिस फाइनलमा

काठमाडौः दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुने भएको छ ।

सोमबार भएको सेमिफाइनल खेलमा न्यु होराइजन क्रिकेट क्लबलाई सात विकेटले पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो । आर्मी क्ल्बले भने सेमिफाइनलमा धनगढीको एसपीएलाई ७० रनले हराउँदै फाइनलमा पुलिससँगको पक्का गरेको हो । फाइनल खेल मंगलबार हुनेछ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ओभरमा १० विकेट गुमाउँदै ८२ रनको झिनो योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर लक्ष्य पार गर्‍यो । पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ३६ रनको योगदान गरे भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सुनिलले आफ्नो पालिमा पाँच चौका प्रहार गरेका थिए ।

यसैगरी योगेन्द्र कार्कीले १४ बलमा अविजित २० रनको योगदान गरे भने आरिफ सेखले पनि अविजित १७ रन बनाए । योगेन्द्रले एक छक्का र एक चौका प्रहार गरेका थिए । सुरुआती ब्याट्सम्यान दिलीप नाथले पनि १० रन बनाए । बलिङतर्फ दीपेन्द्रले चार ओभरमा १५ रन खर्चंदै तीन विकेट लिएका थिए । ललित भण्डारी, रामनरेश गिरी, कुशल भुर्तेल, सुनिल धमला र कप्तान मञ्जित श्रेष्ठले पनि एकएक विकेट लिए ।

न्यु होराइजनका लागि भने कृष्ण कार्कीले अविजित २५ रन बनाएका थिए । सुरुआती ब्याट्सम्यान शंकर रानाले १६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । अतिरिक्त रूपमा १५ रन पाएको न्यु होराइजनका नौ खेलाडी दोहोरो संख्यामा रन जोड्नुअघि नै पभेलियन फर्किएका थिए ।

न्यु होराइजनका नुरध्वज सेन र प्रकाश केसी शून्य रनमै आउट भए । सुसन भारीले दुई र दुर्गेश गुप्ताले एक विकेट लिए । अर्को खेलमा टस जिती पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८७ रनको योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको एसपीएले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १७ रनमात्र बनाउन सक्यो । आर्मी क्लबको जितमा सुरुआती ब्याट्सम्यान सागर पुनले ७५ र राजेश पुलामीले ५५ रनको योगदान गरे । सागरले ५२ बलमा एक छक्का र आठ चौका प्रहार गरे । २१ बल खेलेका राजेशले पाँच छक्का र चार चौका हिर्काए ।

सागरले ४० बलमा ५० रन पूरा गरेका थिए भने राजेशले २० बलमै अर्धशतक बनाएका थिए । आर्मी क्लबका लागि अर्का सुरुआती ब्याट्सम्यान अनिलकुमार मण्डलले ३० रनको योगदान गरे । राजु रिजालले १२ रन थपे ।

बलिङतर्फ अविनास कर्णले तीन तथा सागर पुन र जितेन्द्र मुखियाले दुईदुई विकेट लिए । एसपीएका लागि विजय रानाले सर्वाधिक ३८ र रोमन बमले २५ रन बनाएका थिए । विजयले पाँच र रोमनले चार चौका प्रहार गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.