‘एमालेलाई भारतविरोधी भनेर प्रचार गराइयो’

‘एमालेलाई भारतविरोधी भनेर प्रचार गराइयो’

काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीलाई दुराशयपूर्ण किसिमले भारतविरोधी भनेर प्रचार गरिएको आरोप लगाएका छन्। उपाध्यक्ष रावलले नेपालको सर्वोपरी हितमा काम कुरा गरेवापत विपक्षी दल र नेतालाई दुराशयपूर्ण किसिमले भारत विरोधी र चीन समर्थक भनेर प्रचार गरिएको आरोप लगाएका हुन्।

संसदमा विशेष समय लिएर बोल्दै उनले भने,‘हामी दुवै छिमेकी र सबैमित्र राष्ट्रसँग सुमधुर सम्बन्ध कायम राख्न चाहन्छौं। तर, अरुले पनि विश्वास र मित्रताको वातावरण बनाउनु पर्छ।’ उनले वर्तमान सरकारले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको बाटो छोडेको आरोप समेत लगाए।

संविधान संशोधन प्रस्ताव टेबुल गरेपछि निर्वाचनमा जाने भन्ने मधेसी मोर्चासम्बद्ध नेताहरुले अहिले परिमार्जनको रहस्यमय कुरा गरिरहेको रावलले बताए। उनले निर्वाचनको मिति घोषणाका गर्नु पर्ने माग गरे।

उनले भने,‘कांग्रेसका नेताले निर्वाचनको मिति घोषणा हुनु पर्ने कुरा गर्नु भएको छ। म प्रश्न गर्न चाहन्छु–निर्वाचनको मिति घोषणा गर्न कसले रोक्यो। कुनै अदृश्य शक्तिले रोक्यो कि?’ उनले संविधान संशोधनको प्रस्ताव वेमौसमी बाजा भएको समेत टिप्पणी गरे।

नेपालको अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंमा भारतीय हवाई मार्सल राख्ने दिशामा सरकार अग्रसर भएको भन्ने समाचार प्रकाशित भएको भन्दै उनले त्यसबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने बताए। उनले हवाई मार्सल नराख्न नेपाली जनताले बारम्बार आवाज उठाएको भन्दै एमाले नेपाली जनताको पक्षमा रहेको स्पष्ट पारे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.