स्ट्यान्डर्ड चाटर्ड बैंकद्वारा सहयोग
काठमाडौः स्ट्यान्डर्ड चाटर्ड बैंकले तिलगंगा आँखा अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले सात लाख ८३ हजार एक सय ५२ रुपैयाँ अस्पताललाई हस्तानान्तर गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले अस्पताल आयोजना प्रबन्धक नवीन राईलाई उक्त राशिको चेक हस्तानान्तर गरेका हुन् । बैंक र अस्पतालबीच यसअघि भएको सहमतिअनुसार सो रकम उपलब्ध गराइएको हो । बैंकले १० करोड रुपैयाँ सहयोग गर्ने सहमति गरेको थियो । उपलब्ध गराइएको रकम आँखा अस्पतालले विकास र भौतिक पूर्वाधारमा खर्च गर्नेछ ।