एनएमबी बैंकको सेवा सुँडालमा पनि
काठमाडौः एनएमबी बैंकले भक्तपुरको मञ्जु नगरपालिकाको सुँडालमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बुधबार उक्त सेवाको शुभारम्भ गरे । शाखारहित बैंकिङ सेवामार्फत पीओटी मेसिनमा डेबिट र क्रेडिट कार्ड वा औंठा छापको प्रयोग गरी अत्यन्त सुरक्षित रूपमा नगद (क्यास) जम्मा र नगद संकलन (रकम झिक्न) युटिलिटी पेमेन्ट तथा ब्यालेन्स ट्रान्सफरलगायतका सुविधा उपलब्ध गराएको छ । यो शाखारहित बैकिङ सेवासँगै बैंकका ७२ शाखा, ५७ एटीएम र सात एक्स्टेन्सन काउन्टर पुगेका छन् ।