बजाज माेटरसाइकलकाे रात्रिकालीन सर्भिस सेवा

बजाज माेटरसाइकलकाे रात्रिकालीन सर्भिस सेवा

काठमाडौः चर्चित दुईपांग्रे सवारी निर्माता कम्पनी बजाजको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजको रात्रिकालीन सर्भिस सुरु गरेको छ । कम्पनीको सर्भिस सेन्टर गुसिंगाल कुपन्डोलमा रात्रिकालीन मोटरसाइकल सर्भिस सुरु गरेको हो । बजाज मोटरसाइकल चलाउने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै यस्तो सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

दिनभर अफिस, व्यापार व्यवसाय आदिमा व्यस्त भएर मोटरसाइकल सर्भिस गर्न समय नमिल्ने र दिनभरलाई सर्भिस सेन्टरमा राख्दा हरेक कुरामा प्रत्यक्ष प्रभाव पर्ने समस्यालाई मध्यनजर राख्दै रातीमा पनि सर्भिसिङ सेवा दिन लागेको कम्पनीको भनाइ छ ।

यसरी रातको समयमा सर्भिस सेवा प्रदान गर्नुको मूल उद्देश्य नै आफ्नो दैनिक क्रियाकलापमा कुनै प्रभाव नपारी अमूल्य समयको बचत गर्ने र आफ्ना सेवाग्राहीलाई बजाजप्रति विश्वास दिलाउनु रहेको छ ।

बजाज सर्भिस सेन्टरमा रहेका दक्ष कर्मचारीले सर्भिसको लागि छाडेर गएको मोटरसाइकल सर्भिस गरी समयभित्र उपलब्ध गराउनेछन् । सेवा लिन आफ्नो मोटरसाइकल साँझ ५ बजेदेखि ७ बजेसम्म बजाजको गुसिंगाल, कुपन्डोलस्थित सर्भिस सेन्टरमा पुर्‍याउनुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.