माछापुच्छ्रे डिस्टिलरीको नयाँ उत्पादन सार्वजनिक
काठमाडौंः माछापुच्छ्रे डिस्टिलरी प्रालिले आफ्नो नयाँ उत्पादन ‘इम्प्याक्ट' भोड्का सार्वजनिक गरेको छ । ३५ करोडको लगानीमा सञ्चालनमा आएको डिस्टिलरीले आफ्नो सेवा विस्तार गर्ने क्रममा ‘इम्प्याक्ट' भोड्का बजारमा ल्याएको हो । प्रालिले मंगलबार साँझ एक समारोहबीच नयाँ पेय ‘इम्प्याक्ट' भोड्का शुभारम्भ भएको जानकारी गराएको थियो ।
झापाको शरणामतीमा फ्याक्ट्री स्थापना गरी कम्पनीले आफ्ना उत्पादन सुरु गरेको छ । डिल्ली गौतम, कमल गौतम र नेत्र गौतमको नेतृत्वमा माछापुच्छे्र डिस्टिलरीले ल्याएको इम्प्याक्ट भोड्का अन्य कम्पनीका तुलनामा गुणस्तरीय, मिठो र आकर्षक भएको कम्पनीको दाबी छ । डिस्टिलरीका अध्यक्ष बासुदेव शर्माका अनुसार डिस्टिलरीको यसअघिका उत्पादन उपभोक्ताबीच लोकप्रिय बनेपछि नयाँ भोड्का उत्पादन गरी बजारमा ल्याइएको छ ।
कम्पनीले यसअघि बजारमा ४० यूपीको ‘डार्क फरेस्ट' ह्विस्की सार्वजनिक गरेको थियो जुन बजारमा सर्वाधिक रुचाइएको पेयमध्ये पर्छ । प्रालीका प्रबन्ध निर्देशक डिल्ली गौतमका अनुसार इम्प्याक्ट भोड्का ४० यूपीमा बजारमा आएको छ । आकर्षक बनावटमा निकालिएको भोड्काले छोटो समयमा नै बजारको ठूलो हिस्सा ओगट्ने कम्पनीको विश्वास छ ।
गौतमका अनुसार नेपाली बजारमा उपलब्ध २५ र ३० यूपीका भोड्काभन्दा कम्पनीद्वारा उत्पादित भोड्का बढी गुणस्तरीय, स्वादिष्ट, असररहित र सस्तो छ । एक सय ८० र सात सय एमएलका फरक/फरक बोतलमा निकालिएको यसको मूल्य एक सय ५० र ६ सय रुपैयाँ तोकिएको छ । कम्पनीले चाँडै नै तीन सय ७५ एमएलको बोतलमा पनि इम्प्याक्ट भोड्का भित्र्याउने जनाएको छ । मासिक उत्पादन क्षमता ६० हजार केस र ३० हजार केस भोड्का तथा ह्विस्की रहेको कम्पनीले आगामी दिनमा ब्रान्डेड ह्विस्की तथा भोड्का बजारमा ल्याउने बताएको छ ।