६ वर्षअघि एसएसबीले हत्या गरेका वासुदेव शाहलाई सरकारले १० लाख दिने

६ वर्षअघि एसएसबीले हत्या गरेका वासुदेव शाहलाई सरकारले १० लाख दिने

काठमाडौं : ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर मारिएका मोरङ अमाही बरियातीका वासुदेव शाहको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ।

सोमबार हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री निधिले शाहका परिवारलाई विराटनगरमा क्षतिपूर्ति बापतको चेक हस्तान्तरण गर्ने गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

२०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो ।

कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर फागुन २६ गते गोविन्द गौतमको मृत्यु भए लगत्तै सरकारले सहिद घोषणा गरेर १० लाख दिए पनि शाहको परिवारलाई भने कुनै सहयोग गरेको थिएन् ।

गौतमको परिवारलाई शनिबार मात्र गृहमन्त्री निधिले १० लाखको चेक हस्तान्तरण गरेका थिए । गौतमको परिवारले राज्यको तहबाट १० लाख पाउँदा शाहको परिवारले नपाएको भन्दै पछिल्ला दिनमा सञ्चार माध्यमका खबर प्रकाशन र प्रशारण भएपछि सरकारले शाहको परिवारलाई १० लाख दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.