चिकित्सकले स्वास्थ्यमन्त्री गगन थापाको निर्देशन नटेरेपछि‍‍...

चिकित्सकले स्वास्थ्यमन्त्री गगन थापाको निर्देशन नटेरेपछि‍‍...

वीरगञ्ज : वीरगन्ज राधेमाइका अवधकिशोर साह, छोरीलाई जचाउँन आइतबार बिहान ११ बजे नारायणी उपक्षेत्रीय अस्पतालमा पुगे। अस्पतालको ओपीडी कक्षमा कार्यरत डाक्टर पनालाल पटेलले एक्स-रे गर्न अर्‍हाएपछि साढे ११ बजे देखि एक्स-रेको लाइन बसे। अवधकिशोरले छोरीको एक्स-रेको रिपोर्ट सवा १२ बजे पाए। एक्स-रे रिपोर्ट लिएर साह डाक्टर पटेललाई भेट्न ओपीडी कक्षमा जाँदा त्यहा डाक्टर पटेलल थिएनन्।

ओपीडी कक्षमा भेटिएका डाक्टर पटेलका सहयोगीले पटेल आफनो क्लिनिकमा गइसकेको बताएपछि निराश हँुदै घर फर्किनु पर्यो। साहले अस्पतालको समस्या बताउदै भने ,‘सरकारी अस्पतालका डाक्टरको चाला कहिल्यै सुध्रिने भएन, डाक्टरहरु १२ बजे नै आफनो प्राइभेट क्लिनिकमा गइहाल्छन्, त्यही गएर रिपोर्ट चेक गराउनु पर्छ।’

आइतबार दिउँसो १ बजे ओपीडी कक्षमा डाक्टर नभेटिएपछि गुनासो गर्न अस्पतालका मेडिकल सुपरीडेन्ट (मेसु) डा. चितरञ्जन साहको कार्यकक्षमा पुगेकी बारा इनर्वासीराकै हसिना खातुनले भनिन्,‘सरकारी अस्पतालमा धेरै गरीब नै आउछन्, तर यहा डाक्टर नै बस्दैनन्, बाध्य भएर प्राइभेट क्लिनिकमा जानुपर्छ।’

वीरगन्जको नारायणी उप-क्षेत्रीय अस्पतालका चिकित्सक स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार अस्पतालमा नबस्दा सेवाग्राही र बिरामीहरु मर्कामा पर्ने गरेका छन्। गगन थापा स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालको बहिरङ (ओपीडी ) सेवा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन गर्न गत असोज ९ गते नै परिपत्र गरेको थियो। तर, नारायणी उपक्षेत्रीय अस्पतालमा मन्त्रालयले दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।


अस्पतालका चिकित्सक दिउँसो १२ बजे नै ओपीडी बन्द गर्छन्। त्यहाबाट उनीहरु दुई बजे निजी क्लिनिक र घर जाने गरेका छन्। ओपीडी कक्षमा जाँच गरिएका बिरामीलाई चिकित्सकले ल्याबको रिपोर्ट लिएर आफनो क्लिनिकमा बोलाउने गर्छन्।

ओपीडी सेवा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन गर्न मन्त्रालयले पठाएको पत्र अस्पताल प्रशासन र अस्पताल विकास समितिले लुकाएर राखेको त्यहाका कार्यरत कर्मचारीले बताए।

मन्त्रालयले ओपीडी सेवा बिहान १० देखि साँझ पाँच बजेसम्म सञ्चालन गर्न लिखित रुपमै पत्र पठाएको ६ महिना बितिसक्दा पनि डाक्टको आनाकानी र दबाबका कारण अस्पताल प्रशासन र विकास समितिले उक्त नियम लागु गर्न नसकेको हो।

ओपडीको समय थप गरेपछि अक्तिरिक्त भत्ता पनि पाउनु पर्ने अडान राखेर डाक्टरहरुले १० देखि ५ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने नियम लागु नगर्न अस्पताल प्रशासनलाई दबाब दिएका कारण मन्त्रालयको निर्देशन नारायणी उपक्षेत्रीय अस्पताल कार्यान्वयनमा आउन नसकेको हो।

यता अस्पतालका मेडकल सुपरीडेन्टेण्ड (मेसु) डाक्टर चित्तरन्जन साहले भने अस्पतालमा भौतिक संरचनाको अभाव भएकाले मन्त्रालयको परिपत्र अनुसार बिहान १० देखि साँझ पाँच बजेसम्म ओपीडी सेवा सञ्चालन गर्न नसकिएको बताए। अहिले ९ देखि तीन बजेसम्म ओपीडी सेवा सञ्चालन गरिरहेका छौँ, उनले भने ,‘अस्पतालमा डाक्टरहरु बस्नका लागि कोठाको अभाव छ, त्यसैले समस्या भएको हो।’

अस्पतालका प्रशासन प्रमुख रमेश चौधरीले भने बिहान १० देखि साँझ पाँच बजेसम्म ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएलगत्तै सरकारले त्यस बापत चिकित्सकलाई अतिरिक्त ५० प्रतिशत भत्ता दिने बताएको भएपनि भत्ताका बारेमा मन्त्रालयबाट लिखित परिपत्र नआएकाले नयाँ नियम लागु गर्न नसकिएको बताए।

अस्पतालमा हाल प्रथम श्रेणी ११ औं तहका १५ जना, दोश्रो श्रेणी नवौं तहका २१ जना र तेश्रो श्रेणी आठौं तहका १३ जना गरी कुल ४९ चिकित्सक कार्यरत छन्। मन्त्रालयबाट दुई सय शैयाको मात्र स्वीकृती पाएको नारायणी उपक्षेत्रीय अस्पतालमा हाल तीन सय ५० शैया सञ्चालनमा छन्।

नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही, धनुषा, सिराहा र सप्तरी जिल्लाका बिरामीहरु उपचारका लागि आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.