बालग्रामका निर्देशकले गरे किशोरीमाथि दुर्व्यवहार

बालग्रामका निर्देशकले गरे किशोरीमाथि दुर्व्यवहार

इटहरी : सुनसरीको इटहरीस्थित एसओएस बालग्राममा कार्यरत एक युवतीले बालग्रामका निर्देशकबाटै हिंसामा परेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्। निर्देशक गोविन्द मास्के तथा उनको परिवारबाट पटकपटक दुर्व्यवहार र हिंसा भएपछि सहन नसकेर प्रहरीमा आएको बालग्राममा कार्यरत २५ वर्षीया रोशिका शाहीले बताइन्। उनी त्यहाँ काउन्सिलरका रूपमा कार्यरत् छिन्।

शुक्रबार साँझ आफू दुर्व्यवहारमा परेको भन्दै उनले इलाका प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्। ‘यो चौथोपटक हो,’ उनले भनिन्, ‘पटकपटक हिंसा भएपछि यसपटक बाध्य भएरै प्रहरी गुहारेकी हुँ।’

बालग्रामको काममा निर्देशकसँग बारम्बार भेट गर्नुपर्ने र त्यसैका आधारमा निर्देशकको परिवारले शंका गर्दै विभिन्न लान्छना लगाउने गरेको उनको गुनासो छ। ‘मलाई बालग्रामभित्रै निर्देशक निवासमा पटकपटक उनकी श्रीमती र सासुले मिलेर आक्रमण गरे’, उनले भनिन्, ‘निर्देशक मास्केले त्यो बेलामा मलाई बचाउनेभन्दा पनि श्रीमती र सासूलाई सहयोग गर्ने काम गरे।’

अक्सर कोही नभएको बेलामा आफूमाथि आक्रमण हुने गरेको उनले बताएकी छिन्। ‘बिहीबार मेरो रेसिडेन्स बाहिरबाट ढोकामा ढङढङ गरियो, त्यो विषयमा कुरा गर्न कार्यालय जाँदा त्यहीं आक्रमण भयो’, उनले भनिन्, ‘कुरा गर्न बेलुका जाँदा स्टाफको अघि केही गरेनन्, स्टाफ गइसकेपछि भने फेरि आक्रमण गरे।’

त्यसअघि पनि ढोकामा पुगेर बोल्दाबोल्दै भित्र तानेर ढोका लगाई मास्केकी श्रीमती र सासूले दुर्व्यवहार गरेको उनको आरोप छ। निर्देशकसँग आफ्नो बारम्बार बोल्नुपर्ने आवश्यकता पर्ने उनको भनाइ छ। ‘नबोल्दा कामै नहुने र बोल्दा पनि अनेक शंका गरेर ममाथि लान्छाना लगाउने र दुर्व्यवहार गर्ने काम गरिन्छ’, उनले भनिन्।

मलाई बालग्रामभित्रै निर्देशक गोविन्द मास्केको निवासमा पटकपटक उनकी श्रीमती र सासुले मिलेर आक्रमण गरे। त्यो बेलामा निर्देशकले मलाई बचाउनेभन्दा पनि श्रीमती र सासूलाई सहयोग गरे।
रोशिका शाही, पीडित

यता घटनाको विषयमा प्रतिक्रिया लिन खोज्दा मास्केले व्यस्त भएको भन्दै तत्काल कुनै प्रतिक्रिया दिएनन्। उजुरीपछि शनिबार दुवै पक्षलाई राखेर मिलापत्र गरिएको थियो। आरोपित मास्केले आइन्दा त्यस्तो नगर्ने सहमति गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी नरेश सुवेदीले जानकारी दिए। ‘मास्केले भन्दा पनि उहाँकी श्रीमती र सासूले अनेक शंका गरेर दुर्व्यवहार गर्ने गरेको देखिएको छ’, सुवेदीले भने, ‘दुर्व्यवहार रोक्न मास्केले कुनै प्रयास गरेनन्, उल्टै सहयोग गरे भन्ने गुनासोको विषयमा छलफल भएर सहमति भएको हो।’

घटनाको विषयमा आफूले एसओएसको माथिल्लो कार्यालयमा पटकपटक जानकारी गराउँदा पनि मास्केको प्रभावका कारण वास्ता नगरिएको शाहीले आरोप लगाएकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.