गुठीको जग्गा भाडामा दिने प्रपञ्च

गुठीको जग्गा भाडामा दिने प्रपञ्च

काठमाडौः गुठी संस्थानले त्रिपुरेश्वरस्थित उदासी, बैरागी अखडाको जग्गा बर्सौंका लागि भाडामा दिने तयारी गरेपछि स्थानीय आक्रोशित भएका छन् । त्रिपुरेश्वरको मूल सडकसँग जोडिएको दुई रोपनी जग्गामा टहरा बनाएर संस्थानले १० वर्षका लागि लिजमा दिने सूचना सार्वजनिक गरेपछि उनीहरू आक्रोशित भएका हुन् ।

श्री ३ जंगबहादुर राणाले भारत तीर्थाटन गरी स्वदेश फर्किएपछि थापाथलीस्थित पाञ्चायनदेखि पचलीघाटसम्म त्रिपुरेश्वर कालमोचनघाटको करिब ३५ रोपनी जग्गामा भारतको जस्तै चार धाम बनाउने परिकल्पना गरेका थिए । सोहीअनुसार राणाले नित्य नैमित्य पूजा चल्ने गरी देवालयसहितको अखडा बनाएर सञ्चालनका लागि उक्त जग्गा गुठीमा राखेका थिए ।

जंगबहादुरले ३३ हजार ५ सय ४९ रुपैयाँ सरकारलाई तिरी सन्तानले भोगचलन गर्ने गरी नित्य नैमित्य पूजाका लागि उक्त जग्गा गुठीको जिम्मा लगाएको जंगबहादुरका छैटौं पुस्ताका यमजितप्रताप जंगबहादुर राणाले बताए । उनका अनुसार जंगबहादुरले तिरुपति बालाजीको परिकल्पना गरी नारायण, लक्ष्मी र सरस्वती विराजमान नारायणको मन्दिर मठ र मथुराको परिकल्पना गरी गोपालजीको मन्दिर मठ, अयोध्याधाम परिकल्पना गरी रामचन्द्रको मन्दिर मठ, बद्रीनाथ धामको परिकल्पना गरी बद्रीनाथ मठ, रामेश्वरको परिकल्पना गरी रामेश्वर मठ र उज्जैन भर्तृहरिनाथ शाखाको परिकल्पना गरी गोरक्षनाथ मठ गरी ६ मठ र ४ सम्प्रदाय योगमार्ग, ज्ञानमार्ग, सेवामार्ग र भक्तिमार्ग सञ्चालनको व्यवस्था गरेका थिए । उनले शनिबार अन्नपूर्णसँग भने, ‘एकातिर हाम्रा पूर्वजको त्यो प्रयास नै सार्थक हुनसकेको छैन, अर्कोतिर गुठी राखी सञ्चालनमा ल्याएको धर्म, संस्कृति र सभ्यता आज लोपोन्मुख अवस्थामा छ ।'

त्रिपुरेश्वर टोल सुधार तथा विकास समितिका उपाध्यक्ष विमल अर्यालले करोडौं रुपैयाँ पर्ने जग्गालाई गुठीले सस्तो रूपमा लिएको आरोप लगाए । सरकारले खडा गरेको गुठी संस्थानले नै गुठीका नाममा रहेको जग्गा रैकरमा परिणत गर्दा गुठी परम्परा नै शिथिल हुन पुगेको उनको भनाइ छ । पूजा परम्पराहरू गाल टार्नका लागि मात्रै गर्दै आएको बताउँदै उनले भने, ‘धार्मिक क्षेत्रका सबै गुठी व्यवस्थामा कमीकमजोरीका कारण अतिक्रमण र प्रदूषण व्यापक छ । त्रिपुरेश्वरका सम्पदा यस्तै सिकार बनेका छन् ।' उनले गुठीले यस्तै शैलीमा काम गर्दै जाने हो भने संवैधानिक अन्योल र कर्मचारीमा धर्मसंस्कृति र रीतिरिवाजप्रति आस्था घट्नुका साथै इतिहास मेटिने र गौरव नै गुम्ने बताए ।

गुठी संस्थानको टहरा बनार्इ १० वर्षका लागि लिजमा दिने सूचना सार्वजनिक गरेपछि स्थानीय आक्रोशित ।

भारतका चारै सम्प्रदायबाट साधुसन्त तीर्थाटनमा आउँदा बस्ने थलोका साथै योगी नरहरिनाथ, भारतीय विद्वान् स्वामी राहुल सांकृत्यायन र डा. स्वामी प्रपन्नाचार्य पनि यही कालमोचन घाटमा केही समय बसेको इतिहास छ । समितिले उक्त क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक सम्पदा र सार्वजनिक सम्पत्तिको पहिचान, संरक्षण तथा उपयोगविषयक सरोकारवालासँग शनिबार गरेको छलफलमा विकास समिति उपाध्यक्ष अर्यालले भने, ‘त्रिपुरेश्वरस्थित सरकारी सार्वजनिक जग्गालाई सामाजिक सम्पत्तिका रूपमा संरक्षण र सदुपयोग गर्दै अखडाको ऐतिहासिक वस्तु संग्रह गरी संग्रहालयको काम गर्ने योजना छ ।'
गुठी संस्थान केन्द्रीय कार्यालयका सहप्रशासक हेमराज सुवेदीले फोहोर फाल्ने थलो भएकाले नर्सरीका लागि उक्त जग्गा दिन लागेको बताए । उनले अन्नपूर्णसँग भने, ‘सर्वोच्च अदालतले अन्तरिम आदेश गरी उक्त जग्गामा केही नगर्नू भनेकाले गुठी पनि चुपचाप छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.