१०३ वर्षमा बल्ल घरकाे बास

१०३ वर्षमा बल्ल घरकाे बास

बर्दिबासः ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ', दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस-सुन्तलीसँग खुसी साट्दै भन्नुभयो, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थें, बाबु । पानी पर्दा छानो चुहिन्थ्यो । जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थें । तपाईंहरूले मजस्ती बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो ।'

नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, समृद्धि, शान्ति, विकास र उन्नतिको शुभकामना आदानप्रदान गरिरहँदा मरनीको दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ । बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उहाँले धुर्मुस-सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदाको खुसी बखान गरी साध्य छैन ।

धुर्मुस-सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारको चमक नै बेग्लै थियो । मुहारको त्यो चमकले उहाँको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालदेखि वृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको थियो । पिछडिएको मुसहर समुदायका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्तीको नाम दिएर एउटै डिजाइन, रंग र उस्तै जस्तापाताले छाएका घर निर्माण गरेपछि बस्तीका सबै दंगदास छन् ।

मरनीलाई गाउँलेले साइकलमा ल्याएर नयाँ घरमा गृह प्रवेश गराए । उखरमाउलो गर्मीको रापलाई उहाँले आफ्नो घरको खाटमा सुम्सुम्याउन आइपुगेको चिसो बताससँगै मनभरी खुसी र आनन्द भर्दै लखेटेको अनुभूति गर्नुभयो । उहाँ नयाँ घरमा सर्दा गाउँमा मेला नै लाग्यो । पक्की घरमा बसेर उहाँले घरको भुइँ, छानो र भित्ता नियाल्नु भयो र छानाबाट पानी नचुहिने अनुभव गरी गहभरि हर्षको आँसु छचल्कियो । रंगिन जस्तापाता टल्के झैं मरनीको जीवनसँगै मुसहर बस्तीका दुई सय ७० जनाको जीवन उज्यालिएको देखिपछि उहाँले भन्नुभयो, ‘मैले जे दुःख भोगें भोगें । अब गाउँका छोरा, बुहारी, नातिनातिनाले दुःख भोग्नु पर्दैन । मसँगै उनीहरू पनि सुखको जीवन बिताउँछन् ।'

२०७२ पौस १३ गते बाख्राको खोरमा न्यानो बासस्थान र लुगाको अभावमा शीत लहरले थरथर काँपिरहेका बेला धुर्मुस—सुन्तलीले मरनीलाई देख्नुभएको थियो । मरनीको दर्दनाक अवस्था देखेर धुर्मुस-सुन्तली भावुक बन्नुभएको थियो । धुर्मुसले मरनीसँग त्यतिखेर कुरा गर्दा मरनीले भन्नुभएको थियो, ‘बाबु, बूढी आमाका लागि कोही पनि छैन ।' यति भरेर मरनी रबरबर आँसु झार्दै रुनुभएको थियो । मरनी रोएपछि सुन्तलीले भन्नुभएको थियो, ‘आमा म छु, हजुरलाई हामी सहयोग गर्छौं ।'

 

‘यी आमाका लागि केही गर्न पाए हुन्थ्यो' भन्दै मनमा गहिरो मानवताको भाव र आँखाभरि आँसु बोकेर धुर्मुस-सुन्तली बस्तीबाट बाहिरिनुभएको थियो । लामो प्रयासपछि मरनीलाई खोरबाट निकालेर राम्रो घरमा राखिरहाँदा उहाँका आँखाबाट हर्षका आँसु खसेका थिए । मरनी हर्षविभोर हुनुभयो । चाउरी परेको अनुहारमा निकै खुसी देखिन्थ्यो । घर बनाइ दिएकोमा मरनीले धुर्मुस-सुन्तलीलाई केही दिन सक्नुभएन । तर, उहाँले आफ्नो दुःखमय जीवन सुखी बनाइदिएकोमा धुर्मुस- सुन्तलीलाई ‘भगवान्' को अवतरको संज्ञा दिनुभयो ।

‘धुर्मुस र सुन्तली भगवान्को अवतार बनेर मेरो घरमा आए', मरनीले भन्नुभयो, ‘म उनीहरूलाई भगवान् भन्छु ।' धुर्मुसतिर हर्दै मरनीले भन्नुभयो, ‘बाबु तपाईंहरूको सधैं जय होस् । हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नटुटोस् ।' मरनीको आँखामा हर्षका आँसु आएको देखेपछि धुर्मुस-सुन्तलीले बस्ती बनाउन सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिनुभयो ।

दुई छोरा र चार छोरीकी आमा मरनीले आफू बसेको घर देखाउँदै भन्नुभयो, ‘छोरा, बुहारी, नातिहरू अब कमाएर ल्याएको सुखसँग खाएर बस्छन् ।' ‘जेठो छोराको विवाह गरेपछि श्रीमान् बित्नुभयो । छोराछोरी सानै थिए । घरमा कमाउने कोही थिएनन् । बिजलपुरा, बनरा, हात्तीलेट, माईस्थानका गाउँ घुमेर अलुवा (माटोमुनि फल्ने एक प्रकार खाने वस्तु) चालेर ल्याउँथे । उसिनेर छोराछोरीलाई खुवाउँथे । अलुवा नभेटेको दिन निरास भएर घर आउँथे । छोरीछोरी खानेकुरा लिएर आमा आउँछिन् भनेर बाटो हेरे बस्थे । टाउकाको ढाक्की तल राख्दा जब खानेकुरा भेटिँदैन्थयो । तब नानीहरू रुन्थें । ती दिनमा पनि छोराछोरीलाई दुःख काटेर हुर्काएँ', मरनीले पुराना दिन स्मरण गर्नुभयो ।

धुर्मुस र सुन्तली भगवानको अवतार बनेर मेरो घरमा आए । म उनीहरुलाई भगवान् भन्छु । मरनी सदा, १०३ वर्षीया

दलितमा पनि मुसहर जाति महादलित मानिन्छ । रातु खोलाको मुहानमा पानी लिन जाँदा ठूला बडाले पानी भरेपछि मात्र मुसहरलाई पानी भर्न दिन्थें । ठूलाबडाले भरेको पानी मुसहरले छोए भने त्यसको बदलामा उनीहरूबाट छुवाछुतको व्यवहार सहनुपथ्र्यो । कुटाइ खानुपथ्र्यो । पानी छोएको भन्दै कति पटक ठालुले मरनीसहितका मुसहर बस्तीका गाउँलेलाई कुटेर पानी लिन गएको घैंटो फुटाइदिएको पनि सुनाउनुभयो मरनीले ।

‘हाम्रो १२ बिघा खेत थियौं । १०—१२ थान गाईभैंसी थिए । सबै साहुले हडपे', मरनीले भन्नुभयो । मरनीको अहिले ५ घुरभन्दा जग्गा छैन । अलुवाको खेती हुन छाडेपछि बर्दिबासको हटिया मरनी र उनको छोराछोरीलाई आहारा जुटाउने माध्यम बन्यो । बुधबार र शनिबार लाग्ने हटियामा रातु खोलाबाट पानी र गाउँबाट गोबर ल्याएर लिपेर घरपरिवार चलाउनुभयो । अलिहे मरनी राम्रोसँग हिँड्न सक्नुहुन्न । लट्ठीको सहारामा घिस्रेर हिँडडुल गर्नुपर्छ । ‘बजारको एक घर लिपेको एक रुपैयाँ पाउँथे । एक दिनमा बजारमा एक सय घर लिप्थें', उहाले भन्नुभयो ।
नयाँ घरको बरन्डामा धुर्मुस-सुन्तलीसँगै मरनी सादा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.