धनकुटामा चट्याङ लागेर दुई जनाको मृत्यु
धनकुटाः धनकुटामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिवार दिउँसो परेको चट्याङ लागेर खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिका–१ हागुवाकी ३५ वर्षीय छत्रकुमारी राई र साँगुरीगढी गाउँपालिका –१० ताम्राङकी २४ वर्षीय कृष्ण राईको मृत्यु भएको हो।
स्थानीयका अनुसार कृष्ण राईलाई मोवाइलमा बोलिरहेका बेला चट्याङ लागेको हो । त्यस्तै खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिकाकी छत्रकुमारी राईको साथमा समेत मोवाइल रहेको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ।
प्रहरीले घटनास्थलको मुचुल्का बनाएर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइने प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो।