छोरा अपहरण परेको भन्दै परिवारमा रुवाबासी

छोरा अपहरण परेको भन्दै परिवारमा रुवाबासी

गौर : दुईदिनदेखि छोरा सम्पर्क बिहीन भएपछि रौतहटको खेसरहीयाटोलका एक परीवारमा रुवावासी सुरु भएको छ ।ललितपुरस्थित एक विद्यालयमामा पढ्दै आएका १७ बर्षीय मनिष यादव शुक्रवारदेखि हराइरहेका छन । ललतिपुरस्थित त्री पद्यम विद्याश्रम माविबाट यसबर्ष एसईईको परीक्षा सकेर रौतहत नारायणगाँउपालिका खेसरहीया टोल स्थित घर आएका थिए । मनिष एकहप्ता अघि फुफूका छोरा दिगम्बर यादवसँग गरुडास्थित 'द रिडर्स इन्टरनेशनल इङ्लीस' विद्यालयमा बस्न गएका थिए ।



क्त विद्यालयबाट शुक्रवार घर जाने क्रममा बाटैबाट छोरा वेपत्ता भएको मनिषकी आमा गिता देवी यादवले बताउनु भयो।गरुडाबाट शुक्रवार बिहान साढे १० बजे घर जान हिडेका मनिष शनिवार दिउसोसम्म घर नआएपछि अपरणमा परेको आशंका गर्दै परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख यज्ञबिनोद पोखरेलले युवकको परिवारले अपहरण भएको आशंका गरेकाले गम्भीर रुपमा अनुसन्धान भैरहको बताउनु भयो । मनिषको बुवा अहेव सुरेश यादव लाइ जयनगर चौक बाट घर फर्किने क्रममा २०६४ भदौ ५ गते गोली हानेर हत्या गरीएको थियो ।
हत्यामा संलग्न भएको आरोपमा तीन जनाले जेल सजाय पाएका थिए । बाबुको हत्या भएको र छोराको पनि अपराधिक समुहले अपहरण गरेको मनिषको परीवारले आशका गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.