युले बनाए धान गहुँ काट्ने आधुनिक कृषियन्त्र
जनकपुरधाम: धनुषा जिल्लाको धबौली गाउँका २६ वर्षीय अमर मण्डलले काम नलाग्ने भन्दै फालिएका थोक्रा वस्तुहरुको प्रयोग गरी धान, गहुँ काट्ने आधुनिक कृषियन्त्रको निर्माण गर्नु भएको छ ।
कृषि प्रधान देश भनेर नेपाल चिनिए पनि नेपालमा कृषि प्रविधिको अभावमा कृषि फस्टाउन नसकेको अवस्थामा युवाले गाउँमै कृषियन्त्र बनाएर चर्चित भएका छन् ।
स्थानीय नारायण मण्डलका छोरा अमरले एसएलसीसम्म मात्र शिक्षा आर्जन गरेपनि उहाँमा सदैव नयाँ खोज गर्ने, नयाँ नयाँ यन्त्रहरु बनाउने प्रयासमा
हुनुहुन्छ ।
उहाँले यो भन्दा पहिला पनि थुप्रै स–साना उपकरणहरु गाउँमा निर्माण गर्नु भएको छ । घरको आर्थिक अवस्था कमजोर भएकोले १० कक्षा पास गर्न वित्तिकै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका मण्डलले त्यहाँ ६ वर्ष परिश्रम गर्नुभयो । २ वर्ष पूर्व गाउं फर्किएका मण्डलले गाउंमा पुरानै प्रविधिबाट भईरहेको खेती र त्यसमा पनि धान, गहुँ काट्ने बेलामा किसानलाई भ्याई नभ्याई हुने अवस्थालाई हेरेपछि कृषि यन्त्र बनाउने सोच आएको बताउनुभयो।
उहाँले आफ्नै घरमै फालिएका थोत्रा कृषि औजारहरुको प्रयोग गरि धान, गहँुं काट्ने आधुनिक यन्त्र बनाउने निर्णय गर्नुभयो। उहाँले आफैले निर्माण गरेको सानो जेनरेटर, मोटर, साईकलको चेन, धारिलो आरि लगायतका उपकरणहरुको प्रयोग गरि करिब एक वर्ष मेहनत गरेर कृषियन्त्र निर्माण गर्नुभएको हो । यो मेशिन बनाउन २ लाख रुपैंया खर्च भएको र सबै खर्च आफूले निजि गरेको मण्डलले बताउनुभयो। मंगलबार आफ्नै गाउंमा मण्डलले उक्त कृषियन्त्रको परीक्षण पनि गर्नुभयो। आफूले बनाएको यन्त्रलाई उनले बुवा र आमाको नामर्मा एग्री’ थपेर्र नाराएग्री’ नाम दिएका छन् । डिजलबाट चल्ने उक्त मेसिनले एक घण्टामा ४ कठ्ठा भन्दा बढीको फसल काट्न सक्ने क्षमता रहेको छ ।
मेसिनलाई गाडी जस्तै आकार दिईएको र चलाउनका लागि स्टेरिंग समेत प्रयोग गरिएको छ । बाली काटेर व्यवस्थीत गरी राख्ने क्षमता समेत मेसिनमा रहेको छ ।