१२ कक्षाको परीक्षा गराउन नसक्ने नियन्त्रक हटाइए
काठमाडों : कक्षा १२ को जारी परीक्षामा आवश्यकता अनुसारको प्रश्नपत्र छापेर वितरण गर्न नसकेपछि राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्याल पदमुक्त भएका छन्।
बोर्डको बुधबारको बैठकलो अर्याललाई हटाएको हो। अर्याललाइ हटाएर बोर्डकै सह नियन्त्रक जयती सत्याललाई दिइएको सदस्य सचिव डा. डिल्लीराम रिमालले बताउनुभयो।
बैठकले शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल, शिक्षा विभागका उप निर्देशक ज्ञानेन्द्र वम र बोर्डकै सदस्यसचिव रिमाल सदस्य रहेको छानविन समिति गठन गरिएको छ।
पदमुक्त भएपनि अर्यालले दैनिक हाजिर भने बोर्डमै हाजिर हुनेछन्। अधिकांस जिल्लामा विद्यार्थी संख्याको आधारमा प्रश्नपत्र नपुगेपछि नियन्त्रक अर्याल र उनको समूहको व्यवस्थापकीय क्षमता र पारदर्शीताको विषयमा आवाज उठेको थियो। परीक्षामा तीन लाख ५३ हजार १२ जना परीक्षार्थी सहभागी भएका थिए।
वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुँदैछ। परीक्षा सञ्चालनका लागि मुलुकभर नौ सय ९० वटा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा एक लाख ७६ हजार ६ सय १२ छात्र र छात्राको संख्या एक लाख ७६ हजार चार सय छन्।
परीक्षामा प्रश्नपत्र गोप्य सिलबन्दी गरेर परीक्षा केन्द्रसम्म पुर्याउनुपर्ने भएपनि अपुग भएका स्थानमा पायक पर्ने ठाउँबाट फोटोकपी गरेर प्रश्नपत्र अपुग भएका केन्द्रमा पुर्याउने गरिएको थियो।