घुर बाल्दा बस्ती नै खरानी

घुर बाल्दा बस्ती  नै खरानी

वैशाखः वीरगन्ज उपमहानगरपालिका २१ पटेलनगरमा बुधबार दिउँसो आगलागी हुँदा २५ घर र गोठ जलेर नष्ट भएका छन् ।आगलागीमा परी स्थानीयका २० वटा घर र पाँचवटा गोठ जलेर खरानी भएको हो । यादवलाल राउत कुर्मीले लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किएर आगलागी भएको हो ।

आगलागीबाट स्थानीय यादवलाल राउत कुर्मी, जतन राउत कुर्मी, नरेश पटेल, सुखाडी पटेल, मुकेश पटेल, गरिब राउत कुर्मी , परशुराम पटेल, रामबाबु पटेल, विनोद पटेल, मनोज पटेल, अजय पटेल, राजकपुर पटेल, जयराम पटेल, शम्भु पटेल, जमुना पटेल, राजा पटेल, शर्मानन्द पटेल, लालबाबु पटेल, धर्मदेव राउत कुर्मी, हृदयनारायण राउत कुर्मी, केदार राउत कुर्मी, जितेन्द्र राउत कुर्मी, सोनालाल राउत कुर्मी, पान्नालाल राउत कुर्मी र श्रवण राउत कुर्मीको घर जलेर नष्ट भएको स्थानीय शिक्षक राधेश्याम पटेलले बताउनुभयो । आगलागीमा परी यादवलालको घरमा राखिएको दुई लाख नगद पनि जलेर खरानी भएको छ ।

बधुबार दउँसो साढे १२ बजेतिर सुरु भएको आगलागी वीरगन्ज उपमहानगरपालिकाका दुईवटा र नेपाल आयल निगम अमलेखगन्ज डिप्पोको एउटा बारुण यन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले दुई घन्टापछि नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

आगलागीमा परी एउटा भैंसी पनि जलेर घाइते भएको छ । आगलागीबाट घर र गोठका साथै अन्नपात, फर्निचर, कपडालत्ता, भाँडाकुँडासहितका सामान पनि जलेर नष्ट भएका छन् । ‘फुसका घर र गोठ जलेका छन् । एउटा घरको दुई लाखका दरले मात्रै जोड्ने हो भने पनि करिब ५० लाखबराबरको क्षति भएको हुनुपर्छ', जोशीले भन्नुभयो, ‘तर क्षतिको पूरा विवरण संकलन भइरहेको छ ।'

यसैबीच वीरगन्जका उद्योगपति एवं संघीय समाजवादी फोरम नेपालका नेता विजय सरावगीले पटेलनगरका आगलागीपीडितलाई बुधबार नै राहत सामग्री वितरण गर्नुभएको छ । घटनास्थलमा पुगेर सरावगीले आगलागीपीडितलाई प्रतिपरिवार ३० केजी चामल र दुईवटा त्रिपाल वितरण गर्नुभएको हो ।

वीरगन्ज उपमहानगरपालिका २१ पटेलनगरमा बुधबार दिउँसो भएको आगलागीले खरानी भएका घर र गोठ ।अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.