मकालु जाने बाटो तत्काल खोल्न माग

मकालु जाने बाटो तत्काल खोल्न माग

काठमाडौः दैवीप्रकोप उद्धार समन्वय समितिले मकालु हिमाल जाने बाटो तत्काल निर्माण गर्न गृह मन्त्रालयसँग माग गरेको छ । मकालु हिमशृंखलामा पर्ने लाङमाले हिमताल बिहीबार दिउँसो विस्फोट हुँदा मकालु आधारशिविर जाने बाटो र पुल बगाएपछि त्यहाँ जाने बाटो बन्द भएको छ ।

मकालु हिमाल क्षेत्रको बाटो बगाएको समाचार अन्नपूर्णमा प्रकाशन भएपछि दैवीप्रकोप उद्धार समन्वय समिति संखुवासभाको सोमबार बसेको बैठकले तत्कालीन र दीर्घकालीन व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।

खराब मौसम र हिमपातका कारण प्रहरी त्यस क्षेत्रमा पुग्न नसकेको र तत्काल नेपाली सेनाको टोली स्थलगत अध्ययनका लागि पठाउने अन्तिम तयारी भएको उहाँले जानकारी दिनुभयो । स्थलगत अध्ययन गर्न समितिले मन्त्रालयसँग हेलिकोप्टर माग गरेको छ ।

मकालु बरुण राष्ट्रिय निकुन्जको तथ्यांकअनुसार चैतमा ५४ र वैशाखमा १९ गरी ७३ जना पर्यटक त्यस क्षेत्रमा प्रवेश गरिसकेका छन् । हेलिकोप्टर प्रयोग गरी मकालु हिमाल आरोहण र अवलोकनका लागि गएका सयभन्दा बढी पर्यटकको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन । उनीहरू फर्किए/नफर्किएको यकिन नभएकाले प्रशासनले गृह मन्त्रालयसँग तत्कालीन समाधानका लागि व्यवस्था गर्न दक्ष जनशक्ति सहितको टोली समितिले माग गरेको छ ।

स्थानीय होटेल व्यवसायीसमेत रहेका छेपाल शेर्पाले बरुण खोलाको किनारैकिनार बाटो भएकाले बाढीले याङलेखर्कदेखि लाङमालेसम्म बाटो भत्काएपछि समस्या भएको बताउनुभयो । उहाँले यउपा पिकको फेदस्थित लाङमाले हिमताल विस्फोटन भएर होटल, गोठ, पुल र चौपाया बगाउँदा करोडौं क्षति भएको समेत जानकारी दिनुभयो ।

 

 बाढीले बरुण उपत्यकाभित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एउटा गुम्बा र मकालु बालाखर्कका रिन्जी शेर्पाको करिब दुई दर्जनभन्दा बढी याक र चौंरी बगाएको अनुमान छ ।

मकालु क्षेत्रको ठूलो हिमताल ठूलोपोखरी विस्फोटको जोखिममा रहेको अध्ययनले देखाए पनि मकालु आधारशिविरदेखि दुई घन्टा दक्षिणमा रहेको यो लाङमाले हिमतालको अवस्थाबारे कसैलाई जानकारी नभएको स्थानीयको भनाइ छ । तत्काल हिमतालको अवस्थाबारे विस्तृत जानकारी दिई सुरक्षित बनाउनसमेत मकालुका स्थानीय ग्याल्जेन शेर्पाले माग गर्नुभयो ।

पछिल्लो समय बढी हिमपात भएकाले पानीको सतह बढ्दा हिमताल फुटेको हुन सक्ने मकालु वरुण राष्ट्रिय निकुञ्जका लाकपद कुलुङले बताउनुभयो । याङमाले हिमतालबाट उत्पन्न खोला बरुण नदीमा मिसिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.