ट्रक र ट्यांकर ठोक्किदा एकको मृत्यु, सात घाइते

 ट्रक र ट्यांकर ठोक्किदा एकको मृत्यु, सात घाइते

सिमराः बाराको अमलेखगञ्जमा बिहीवार बिहान ट्रक र टञएक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्। भारतको बर्गिनियाबाट हेटौडातर्फ पेट्रोल लिएर हिडेको ना५ख ११०७ नम्बरको टयांकर र लु१ख ९५८५ नम्बरको ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा टयांकर चालक अमलेखगञ्ज १ का २८ बर्षिय हरि बिश्वकर्माको घटनास्थलमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सात जना मध्ये ट्रक चालक अर्घाखाँची सितारा ६ का २० बर्षीय कमल गुरुङ्गको अवस्था गम्भीर रहेको र उपचारका लागि भरतपुर पठाइएको प्रहरी निरिक्षक गोविन्द कार्कीले जानकारी दिनुभयो । टयांकरमा पाच जना र ट्रकमा तीन जना सवार रहेका थिए ।

दुर्घटनामा घाइते भएका अन्यको हेटौडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि पथलैया–हेटौडा सडकखण्ड अवरुद्ध रहेको र खुलाउने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.