डिसिने अवार्डको मनोनयन सार्वजनिक

डिसिने अवार्डको मनोनयन सार्वजनिक

हेटौंडा : नवौं डि सिने अवार्ड २०७४ को मनोनयन सार्वजनिक गरिएको छ । छायाछवि क्रिएसनले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी अवार्डमा भाग लिएका ५५ चलचित्रबाट २९ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको हो । मनोनयनमा परेकामध्ये सर्वोत्कृष्टलाई असार २२ गते हेटौंडामा अवार्ड प्रदान गरिने आयोजक छायाछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले बताए ।

मनोनयन छनोटका लागि निर्देशक मोहन निरौलाको संयोजकत्वमा निर्देशक विजयरत्न तुलाधर, डब्बु क्षेत्री, सन्तोष श्रेष्ठ र सवनम मुखियासम्मिलित निर्णायक मण्डल रहेको थियो । अवार्डमा एमिनेसन, गीतकार, गायिका, गायक, संगीतकार, ध्वनि मि श्रण, पाश्र्व संगीत, केमियो, द्वन्द्व निर्देशक, बाल कलाकार, हास्यकलाकार, खलपात्र, नवनायक, नवनिर्देशक, नृत्य निर्देशक, संवाद, पटकथा, कथा, नवनायिका, चरित्रअभिनेत्री र चरित्रअभिनेता विधा समेटेको छ ।

मनोनयनमा परेका उत्कृष्ट पाँच चलचित्रमा छक्का पञ्जा, जात्रा, गाजलु, लुट-२ र पुरानो डुंगा छन् । अभिनेतामा वीर विक्रमबाट दयाहाङ राई, जात्राबाट बिपिन कार्की, पुरानो डुंगाबाट माओत्से गुरुङ, निर्भयबाट निखिल उप्रेती र लुकामारीबाट सौगतम मल्ल छन् भने अभिनेत्रीमा छक्का पञ्जाबाट प्रियंका कार्की, पुरानो डुंगाबाट मेनुका प्रधान, झुम्कीबाट रिश्मा गुरुङ, तीन घुम्तीबाट गरिमा पन्त र किस्मत-२ बाट शिल्पा पोखरेल छन् । संयोजक मणिराज गौतमले चलचित्र क्षेत्रका २९ विद्यासहित 'पब्लिक च्वाइस'मा पर्ने ४ र राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारसहित ३४ विधामा अवार्ड प्रदान गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.