अवैध रुपमा भारत लैजादै गरिएका आठ युवतीको उद्धार

अवैध रुपमा भारत लैजादै गरिएका आठ युवतीको उद्धार

महेन्द्रनगर : काठमाण्डौै–दिल्ली चल्ने बसमा सवार भएर आउँदा पश्चिमी सीमा नाका गड्डाचौकीमा चेकजाँच कडाई हुन थालेपछि दलालले भारत पठाउने नयाँ नाका खोजे ।
दलालले महिलालाई दोधारा–चाँदनी घुम्न जाने वहाना बनाउन लगाएर सबैलाई छल्ने योजना बनाए । तर दलालको उक्त योजना सोमबार पुरा हुन सकेन । काठमाण्डौ देखी दिल्लीको बस चढेर पुगेका आठ जना महिला महेन्द्रनगरमै झरे । उनीहरु सीमा पार गर्न गड्डाचौकीको बाटो नगई दोधारा–चाँदनीको बाटो भएर जान खोजेपनि सीमा कट्नै लाग्दा पक्राउ परे ।
महेन्द्रनगरदेखि दोधारा चाँदनीसम्म भाडामा चल्ने मोटरसाईकलमा हिड्ेका उनीहरुको गतिविधि शंकास्पद लागेपछि मोटरसाईकल चालकले दुई जनालाई ईलाका प्रहरी कार्यालय पु¥याएर अवैध रुपले जान लागेको बताएपछि प्रहरीको टोली गएर अन्य ६ जनालाई महाकाली नगरपालिका वडा नम्बर ७ स्थित कन्जभोज पुगेर उद्वार गरेको छ ।
विभिन्न जिल्लाबाट आएका सात जना महिलाको सोमबार भारतको खटिमासंग सीमा जोडिएको महाकाली नदी पारीको भू–भागबाट उद्वार गरिएको ईलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक विरदत्त पन्तले बताउनुभयो ।
‘केहि महिलाहरु अवैध रुपमा सीमा पार गर्दैछन् भन्ने जानकारी हामीलाई आयो’ उहाँले भन्नुभयो,‘ थप टोली परिचालन गरेर सीमा कट्नै लागेका उनीहरुलाई उद्वार गर्न सफल भएका हौं।’ सात जना महिलाका साथमा रहेका एकजना पुरुषलाई समेत प्रहरीले पक्राउ गरेको छ । उद्वार गरिएका महिलाहरु बारा, नवलपरासी, सर्लाही र सुनसरी जिल्लाका छन् ।
उद्वार गरिएका मध्ये एकजना महिला ओसार पसारमा संलग्न हुन सक्ने प्रहरीको आशंका छ । उनी कञ्चनपुरकै स्थानीय रहेको र उनले नै गड्डाचौकीको बाटो नभई दोधारा चाँदनीको बाटो देखाएर लैजान खोजेको प्रहरीको आशंका छ ।
उद्वार गरिएका ती महिलाहरुले प्रहरी समक्ष भारतको दिल्ली भएर दुबई जान लागेको बयान दिएका छन् । प्रहरीका अनुसार गड्डाचौकीको बाटो भएर जादा चेकजाँच कडा हुन थालेपछि उनीहरुले उक्त बाटो रोजेका थिए । उद्वार गरिएका ७ जना महिला र एकजना पुरुषलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसी भीमबहादुर दाहालले उनीहरुका विषयमा सोधपुक्ष भइरहेको बताउनुभयो । उहाँले अनुसन्धानपछि मात्रै बाँकी कुरा खुल्ने बताउनुभयो । उद्वार गरिएका महिलाहरुका साथमा आवश्यक कागजात समेत केहि फेला परेको छैन् ।
दलालले उनीहरुलाई आवश्यक कागजात दिल्लीमै दिईने आश्वासन दिएको बुझिएको छ । पश्चिमी सीमा नाका भएर भारत पस्न खोज्ने धेरैजसो महिलाहरु सीमामा रोकिन थालेका छन्् । सीमामा रोकिने अधिकाशं २०–२२ वर्ष उमेर समुहका रहने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.