विक्ड स्पुनमा मिड नाइट राइडर्स

विक्ड स्पुनमा मिड नाइट राइडर्स

ललितपुर :  पृथक् पृष्ठभूमि बोकेको सांगीतिक समूह ‘मिड नाइट राइडर्स'को सांगीतिक कार्यक्रममा संगीतप्रेमीहरू मन खोलेर झुमेका छन् । जुन २१ अर्थात् विश्व संगीत दिवसका अवसरमा बुधबार राति ललितपुरको झम्सिखेलस्थित विक्ड स्पुनमा कार्यक्रम आयोजना गरिएको हो । ‘विश्व संगीत दिवसका दिन मिड नाइट राइडर्सले आफ्नो प्रस्तुति दिँदै आएको आठ वर्ष भयो', ब्यान्डका गिटारिस्ट एवं ब्यान्ड म्यानेजर सन्नी महतले भने ।

मिड नाइट राइडर्स ब्यान्डको प्रस्तुति प्रायः परिपक्व संगीतप्रेमीले बढी मन पराउँछन् । ‘हाम्रो सांगीतिक प्रस्तुतिमा प्रायः व्यावसायिक मान्छे आउने गर्छन् । डाक्टर, इन्जिनियर, बैंकरहरूको उपस्थिति रहन्छ तर किशोरकिशोरी खासै आउँदैनन्', ब्यान्ड म्यानेजर महतले भने, ‘किनकि हामी क्लासिक रक गीत प्रस्तुत गर्छौं, यो शैलीका गीतमा युवाहरू खासै रुचि राख्दैनन् ।'

विक्ड स्पुनमा ब्यान्डले १२ वटा गीत प्रस्तुत गरेको थियो । राति १० बजेसम्म चलेको कार्यक्रममा अन्य चारजना कलाकारको पनि प्रस्तुति थियो । क्यानडेली संगीतकर्मीहरू द रेक्ट, प्याट स्याभेजले पनि आआफ्ना प्रस्तुति दिएका थिए । विश्व संगीत दिवसका अवसरमा ‘मिड नाइट राइडर्स'ले नेपालमा सांगीतिक कार्यक्रम आयोजना गर्न थालेको महतको भनाइ छ ।

‘विश्व संगीत दिवसका लागि नेपालमा हामी ट्रेडमार्क नै हौं', महतले दाबी गरे । उनका अनुसार आठ वर्षपहिले विश्व संगीत दिवसका अवसरमा खासै कार्यक्रम आयोजना हुँदैनथ्यो तर अहिले नेपालमा पनि धेरै कार्यक्रम आयोजना गर्न थालिएको छ । ‘नेपाली समाजमा विस्तारै घरबाहिर जाने टे«न्ड बढ्दैछ । त्यसैले यस्ता कार्यक्रममा मान्छेको फ्लो पनि बढ्न थालेको छ', उनले भने ।

सांगीतिक समूह मिड नाइड राइडर्सका देव लामा र जिमी ब्लुज संगीतको शिक्षक हुन् भने जिग्मे लेप्चा पेसाले व्यापार व्यवसायी हुन् । ब्यान्ड स्थापनामा डीएसपी दीपशमशेर राणा पनि आबद्ध थिए । गिटारिस्ट सन्नी महतले ब्यान्ड म्यानेजरको जिम्मेवारी पनि सम्हालेका छन् । उनका अनुसार यो ब्यान्डले ‘लेट द गुड टाइम रोल' अभियान पनि सञ्चालन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.