अविवाहित आमाबाट जन्मिएकी छोरी समाजमा अब्बल

अविवाहित आमाबाट जन्मिएकी छोरी समाजमा अब्बल

गुरुङ समुदायको परम्परागत संस्कृति “रोँधी”मा आउ जाउ गर्ने एक युवती गर्भवती हुन्छिन् । अविवाहित आमाको विल्ला भिरेर उनी समाजबाट तिरस्कृत हुिन्छन् । गाउँबाटै निकालिन्छन् ।
उनै अविवाहित आमाबाट जन्मिएकी छोरी भने गाउँ समाजका लागि हितकर मानिन्छिन् । पढाईमा अब्बल हुँदै गाउँका कुरिती विरुद्ध लड्ने र आप्mना अपरिचित बाबुको खोजीमा चलचित्र तमुस्यो घुमेको छ । उनको यस्तो अभियानमा कलेजका साथीहरुले पनि साथ दिन्छन् ।
चलचित्र “तमुस्यो”ले त्यही युवतीको कथा भनेको कार्यकारी निर्माता प्रदीप कुमार गुरुङ बताउँछन् । रोँधीघरलाई विकृति मान्नेहरुका लागि चलचित्र “तमुस्यो”ले यो विकृति नभई सिर्जनशिल घर अर्थात सँस्कृति हो भन्ने सन्देश दिन चाहेको उनको भनाई छ । चलचित्रका निर्माता ईश्वर गुरुङ र प्रदिप गुरुङ समेत रहेका छन् ।
नारी प्रधान चलचित्र तमुस्योमा कलाकारहरु उर्मिला गुरुङ, रोश्नी गुरुङ, सुमित गुरुङ, निखिल गुरुङ, बलबहादुर गुरुङ, प्रेमा गुरुङ लगायतको अभिनय हेर्न सकिन्छ । झण्डै २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्रको लेखन तथा निर्देशन माओत्सेतुङ गुरुङले गरेका छन् ।
तीन वटा गीत रहेको चलचित्र तमुस्योमा गायकहरु मेलिना राई, रजनी राई, निखिल गुरुङ र शान्ति गुरुङले स्वर भरेका छन् । चलचित्रमा नृत्य निर्देशन लवसन गुरुङले गरेका छन् । स्याङ्जाको चित्रे र पोखरा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको हो । चलचित्रको छायाङ्कन भने खिमबहादुर गुरुङले गरेका हुन् ।
चलचित्रको छायाङ्कन सकिएर सम्पादन समेत अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । आगामी असोज÷कात्र्तिकमा विशेष प्रदर्शनमा ल्याउने तयारी गरिएको कार्यकारी निर्माण प्रदीपकुमार गुरुङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.