चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको सामरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एकै परिवारका तीन जना सख्त घाइते भएका छन् ।

सदरमुकाम विदुरदेखि ३१ किलोमिटर पश्चिममा रहेको मेघाङ गाउंपालिका वडा नं. ६ मैवलमा गएराती गोठमा सुतिरहेका वेला चट्याङ लागेर स्थानीय ४७ वर्षिय दीपनारायण तामाङको मृत्यु भएको छ भने उनका छोरा, बहारी र नाती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

तीनै जनाको नुवाकोटको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भएको थियो ।चट्याङ लागेर घाइते हुनेमा मृतका छोरा २२ वर्षीय सुर्यबहादुर तामाङ, बुहारी २० वर्षीया सुष्मा तामाङ र पाँच महिनाका नाती अरुण तामाङ रहेका छन् । सदरमुकाम विदुरवाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालका अनुसार घाइते तीन जनाको नुवाकोटमा उपचार हुन नसकेपछि त्रिवी शिक्षण अस्पतालमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.