बाढीले बस्ती बगाउँदा एकको मृत्यु , चार वेपत्ता, पक्की पुल बगायो

बाढीले बस्ती बगाउँदा एकको मृत्यु , चार  वेपत्ता, पक्की पुल बगायो

रामेछाप : रामेछापको लिखु र गोकुलगंगा गाउँपालिकाको सीमाना खर्पु खिम्ती बीचमा रहेको छत्तिवने खोलामा आएको भीषण बाढीले खोला किनारमा रहेको घर बगाउदा एक जनाको मृत्यु हुनुका साथै चार जना वेपत्ता भएका छन्, । शनिवार रातिको अविरल वर्षाका कारण आइतबार विहान करिव ३ बजेतिर आएको बाढी र यसै साथ आएको पहिरोले बगाउँदा लिखु गाउँपालिकाको वडा नं ६ मा रहेका चार वटा घर बगाएको छ ।

जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष र हाल घटनास्थलमा रहनु भएका त्यसै ठाउँका स्थानीय पुरुषोत्तम कडरियाले दिनुभएको जानकारी अनुसार हालसम्म ५५ वर्षीय लाल कुमारी खत्रीको शव फेला परेको छ भने चार जना वेपत्ता छन् ।

बेपत्ता हुनेमा ५५ वर्षीया सुमन कुमारी खत्री, ३५ वर्षीय बासु खत्री, अशोक तामाङ र मनिला तामाङ रहेका छन् । बाढीमा परी ८ जना घाइते रहेको कडरियाले जानकारी दिनुभयो । घाइते मध्ये सुन्तली खत्रीको अवस्था गम्भीर रहेको बताइएकाे छ । 

हालसम्म चार जना बेपता भएको पुष्टि भएपनि खिम्ती–फर्पु सडक निर्माणका लागि खोला किनारामा बसेका ११ जना मजदुर पनि वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । वेपत्ताको खोजी कार्य भइरहेको र अझैसम्म कतिजना वेपत्ता छन् भनी भन्न सक्ने अवस्था नरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलार्इ उद्धृत गर्दै अन्नपूर्ण पोस्टका संवाददाता राजन गाउँलेले बताउनुभयो ।


बाढीले स्थानीयका थुप्रै चौपाय र अन्नपात पनि बगाएको छ । हाल घटनास्थलमा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा लागेको पुरुषेत्तम कडरियाले बतानउनु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीले घाइतेको प्राथमिक उपचार समेत गरिरहेको उहाँले बताउनु भयो ।

बाढीले छत्तिवने खोलामा रहेको खिम्ती र खर्पु जोड्ने पक्की पुलसमेत बगाएको छ।बाढीका कारण खिम्ती, खानीखोला किनारका दर्जनौ घरहरु बाढी, पहिरोको उच्च जोखिममा परेका छन् । मन्थली–दोलखा खडक खण्डको खानीखोला कज्वे पनि भत्काएको छ । पुल र कज्वे भत्किदा दुवै सडकमा सवारी साधन आवत जावत बन्द भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.