कुमार सानुद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

 कुमार सानुद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

काठमाडौं :  भारतका चर्चित गायक कुमार सानुले आइतबार चन्द्रागिरिको भ्रमण गर्नुभएको छ । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृश्यको पनि अवलोकन गर्नुभयो ।

कन्सर्टका लागि नेपाल आउनुभएका ५९ वर्षीय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

सानुले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिँदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुसी भएको बताउनुभएको कम्पनीले जनाएको छ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.