भक्सवागनको नयाँ टिग्वान बजारमा

भक्सवागनको नयाँ टिग्वान बजारमा

काठमाडौं : जर्मन प्रिमियम कार निर्माता भक्सवागनको नयाँ फिचर्ससहितको टिग्वान गाडी नेपाली बजारका भित्रिएको छ । भक्सवागन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता विशाल समूहअन्तर्गतको पूजा इन्टरनेसनल नेपाल प्रालिले होटल सोल्टीमा आयोजित एक कार्यक्रमबीच दुई मोडलका गाडी सार्वजनिक गरेको हो । कम्पनीले नयाँ टिग्वान कम्प्याक्ट एसयूभीका चार भेरियन्ट र तीन भेरियन्टका एमरोक पिकअप गाडी एकै साथ सार्वजनिक गरेको हो ।

कम्पनीले भिर्‍याएको नयाँ टिग्वान कारको मूल्य ९९ लाखबाट सुरु भएर भेरियन्टअनुसार एक करोड २८ लाख रुपैयाँसम्म तोकेको छ । कम्पनीले टिग्वान १.४ लिटरको बेसिक पेट्रोल अटोमेटिक १३९० सीसीको मूल्य ९९ लाख रुपैयाँ तोकेको छ । यसैगरी २.० लिटरको सेमी लोडेड पेट्रोलको अटोमेटिक १९८४ सीसी कारको मूल्य एक करोड १३ लाख र दुई लिटरको लोडेड पेट्रोल अटोमेटिक १९८४ सीसी कारको मूल्य एक करोड २८ लाख तोकेको छ ।
यसैगरी टिग्वान दुई लिटरको सेमी लोडेड डिजल अटोमेटिक १९८४ सीसी कारको मूल्य भने एक करोड १७ लाख छ ।

चारवटै भेरियन्ट कारको ग्राउन्ड क्लियरेन्स दुई सय एक एमएम छ । कम्पनीले बजारका ल्याएको नयाँ कारमा ६० लिटर इन्धन क्षमताको ट्यांकी छ । गाडीको पछाडि चार सय ७० लिटर क्षमताको लगेज स्पेस उपलब्ध छ । नयाँ गाडीका भेरियन्टअनुसार १९६० केजीदेखि २१२० केजी तौलमा उपलब्ध छ । नयाँ कारमा सिक्स स्पिड डबल क्लच ट्रान्समिसन डीएसजीदेखि सेभेन स्पिड अटोमेटिक ट्रान्समिसन गियरबक्स रहेको छ । नयाँ कारमा फोर सिलिन्डर इनलाइन इन्जिन छ । नयाँ कारको अधिकतम स्पिड प्रतिघन्टा एक सय १० देखि भेरियन्ट अनुसार दुई सय ८ किलोमिटरसम्म छ ।

गाडीमा १२ भोल्ट सकेट, अगाडि÷पछाडि डिस ब्रेकको साथमा मल्टिकोलिजन बे्रक सुविधा छ । अगाडि दुईवटा रिडिङ लाइट, आठवटा स्पिकर, सेन्टर लक, मोबाइल फोन कनेक्सन, आफ्नो इच्छाअनुसार मिलाउन सकिने सिट, फोल्डिङ ट्रंक कभरलगायत फिचर्स छन् । साथै, पार्क दुरी थाहा पाउनका लागि अगाडि पछाडि नै क्यामेरा, पार्किङ ब्रेक र दुई आवाजको हर्न रहेको छ ।

नयाँ गाडीमा पैदलयात्रीको सुरक्षा, ६ वटा एयर ब्याग, हिल स्टार्ट एसिस्ट, अटो होल्ड, आफैं बन्द हुने टायर, विद्युतीय रूपमा बनाइएका छालाका सिट, क्रुज नियन्त्रण, हेडल्याम्प स्वतः सक्रिय हुने, एप कनेक्ट, झरी र बिजुली सेन्सर, एलईडी हेडल्याम्प्स, एलईडी टेल ल्याम्प्सलगायत साँचोविहीन प्रवेश पनि यसको प्रमुख आकर्षण हो । सन् २००७ मा कम्प्याक्ट एसयूभीको रूपमा विश्व बजारमा आएको टिग्वान नेपालमा पहिलो पटक सन् २०१० मा भित्रिएको थियो । कम्पनीका अनुसार नेपालमा तीन सय ५० भन्दा बढी टिग्वान बिक्री भइसकेको छ ।

यसैगरी कम्पनीले बिहीबार नै सार्वजनिक गरेको एमरोक पिकअप तीन भेरियन्टमा सार्वजनिक गरेको छ । जसको मूल्य ८२ लाखदेखि सुरु भई ९२ लाख रुपैयाँसम्म छ । जसमा एमरोक दुई स्टार्टलाइन डिजल म्यानुयल १९६८ सीसीको ८२ लाख, ट्रेन्डलाइन डिजल म्यानुयल १९६८ सीसीको ८८ लाख र एमरोक टे«न्डलाइन लेदर सिट भएको डिजल म्यानुयल १९६८ सीसीको मूल्य ९२ लाख रुपैयाँ छ ।

यी तीन भेरियन्टका पिकअप गाडीको ग्राउन्ड क्लियरेन्स दुई सय २८ एमएम छ । गाडीमा पाँच सिट क्षमता छ । ८० लिटर इन्धन ट्यांकी रहेको पिकअपको अधिकतम् स्पिड प्रतिघन्टा एक सय ६७ किलोमिटर छ । चार सिलिन्डर इन्जिन क्षमताको पिकअप गाडीको लम्बाइ ५२ सय ५४ एमएम छ भने उचाइ १८३४ एमएम छ ।

इन्धन खपत र कार्बनडाइअक्साइड निष्कासनमा नयाँ मापदण्ड कायम गरेको छ । सार्न मिल्ने र स्थायी चार मोसनको सबै ह्विल ड्राइभ प्रणालीमा जुन सुकै रोडमा चलाउन सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.