एनआईसीमा अमेरिकी डलर सटही सुविधा

एनआईसीमा अमेरिकी डलर सटही सुविधा

काठमाडौं : एनआईसी एसिया बंैक लिमिटेडले ग्राहकलाई अमेरिकी डलर सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । बैंकले सयौंको संख्यामा दैनिक रूपमा बिदेसिने नेपालीको संख्या उच्च भएकाले ग्राहकलाई सुविधा दिन डलर आयात सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानीबापत २५ सय अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

बैंकले पहिलो चरणमा काठमाडौंभित्रका ३२ शाखा कार्यालय र उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, धरान, पोखरा, नेपालगन्ज, नारायणगढ, बुटवललगायत शाखाबाट सेवा प्रदान गर्ने जनाएको छ । साथै, यस बंैकले विदेश जाने ग्राहकलाई भिसा इन्टरनेसनल डेबिट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.