ओप्पो एफथ्री ब्ल्याकको उत्पादन सीमित

 ओप्पो एफथ्री ब्ल्याकको उत्पादन सीमित

काठमाडौं : ओप्पोले आफ्नो सफल उत्पादन ओप्पो एफथ्री ब्ल्याक इडिसनलाई सीमित बनाएको छ । विश्वको स्मार्टफोन बजारमा क्यामेरा फोनको रूपमा परिचित ओप्पोले एफथ्री ब्ल्याक इडिसनलाई लिमिटेड इडिसनमा परिणत गरेको हो । नेपाली बजार मूल्य ३२ हजार नौ सय ९० रूपैयाँ रहेको एफथ्री ब्ल्याक इडिसनले बजारमा पाएको सफलतालाई मध्यनजर गर्दै एफथ्रीलाई सीमित उत्पादनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा भित्रिएको छोटो समयमै ओप्पोले आफ्नो परिचय सेल्फी एक्सपर्ट क्यामेरा फोनको रूपमा स्थापित गरिसकेको छ । एक पछि अर्को सेल्फी केन्द्रित क्यामेरा फोन सार्वजनिक गरिरहेको ओप्पोका उत्पादन सेल्फी मन पराउने युवा पुस्तामाझ लोकप्रिय छ । केही समय अगाडि मात्र नेपाली बजारमा सार्वजनिक भएको ओप्पो एफथ्रीले बिक्री संख्याका आधारमा उल्लेखनीय सफलता हात पारेको हो ।

ब्ल्याक एफथ्रीलाई लिमिटेड इडिसनका रूपमा लाने घोषणा गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले ओप्पोको एफथ्री ब्ल्याक इडिसनका सम्बन्धमा नेपाली उपभोक्ताले दिएको प्रतिक्रियाले कम्पनीलाई उत्साहित बनाएको बताए । उनले यसरी ब्रान्डप्रति उपभोक्ताले देखाएको माया तथा सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै ब्ल्याक एफथ्रीको इडिसनलाई लिमिटेड इडिसनमा लाने घोषणा गरिएको बताए ।

विशेष गरी मिड रेन्जको बजार लक्षित ओप्पो एफथ्रीको ब्ल्याक लिमिटेड इडिसनमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, डुअल फ्रन्ट क्यामेरा, फास्ट चार्जिङ प्रविधिलगायत विभिन्न सुविधा छन् । पहिले गोल्ड कलरमा सार्वजनिक गरिएको ओप्पो एफथ्रीलाई उपभोक्ताको माग अनुरूप कम्पनीले कालो रंगमा प्रस्तुत गरेको थियो ।

ओप्पो एफथ्रीमा डुअल फ्रन्ट फेसिङ क्यामेरा ‘एउटा सेल्फी र अर्को गु्रप सेल्फीका लागि' रहेको छ । फोनमा १÷३ इञ्च सेन्सर र पीडीएएफ प्रविधिसहितको १३ मेगापिक्सेल क्षमताको रियर क्यामेरा जडान गरिएको छ । कलर अपरेटिङ सिस्टम ३.० मा आधारित अक्टाकोर प्रासेसरमा आधारित फोनमा चार जीबी र्‍याम र ६४ जीबी रोम रहेको छ । फोनमा दुईवटा सिम र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । ओप्पो एफथ्रीमा तीन हजार दुई सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.